थाइवान समस्यामा अमेरिकाको उत्तेजित कार्य
2021-07-16 18:27:41CRI
Share with:

थाइवान समस्यामा अमेरिकाको उत्तेजित कार्य_fororder_0716ruiping-meiguo1

अमेरिकी सेनाको एक विमान जुलाई १५ तारिख चीनको थाइवान क्षेत्रमा अवतरण भएको छ। यो उत्तेजित कर्तुत हो। यसले चीन-अमेरिका तीन बुँदे संयुक्त विज्ञप्तिको गम्भीर उल्लंघन गरेको छ। चीनले सोही दिन यसको कडा विरोध गर्दै अमेरिकालाई गम्भीर चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले सबै आवश्यक कदम चाल्ने र जुनसुकै समयमा “थाइवान स्वतन्त्रता”को प्लट भंग गर्न सक्नेछ।

थाइवान समस्या चीनको केन्द्रीय हित हो र चीन तथा अमेरिकाबीचको सम्बन्धमा सबैभन्दा संवेदनशील समस्या हो। अमेरिकाको वर्तमान सरकारले एक चीनको नीति पालना गरेको कुरा व्यक्त गरेको छ तर “थाइवान स्वतन्त्रता” पृथकवादी शक्तिलाई निरन्तर प्रोत्साहन गरेको छ।

थाइवान चीनको भूभागको अविभाज्य भाग हो र अन्तर्राष्ट्रिय समाजले यस कार्यलाई मान्यता दिएको वास्तविकता पनि हो। राष्ट्रभक्ति र एकता चिनियाँ जनताका अगाडि चीनलाई विभाजन गर्ने कुनै पनि षढयन्त्र भंग हुने छ।

चीनले अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। तर अरु मुलुकले चीनको आन्तरिक मामिलामा हस्ताक्षेप गर्ने कुरालाई चीन अस्वीकार गर्दछ। चीन एकिकृत हुनुपर्छ, चीनको एकिकरण आवश्यक छ। यो कुनै पनि व्यक्तिले रोक्न नसक्ने ऐतिहासिक प्रवाह हो र कुनै पनि बाहिरी शक्तिले परिवर्तन गर्न नसक्ने युगको प्रवृत्ति पनि हो।