सी चिनफिङद्वारा गिरिबाथीका राष्ट्रपतिलाई शुभकामना सन्देश
2021-07-16 14:47:03cri
Share with:

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गिरिबाथीका राष्ट्रपति तानेथी मामओलाई शुभकामना सन्देश पठाउँदै गिरिबाथी स्वतन्त्र भएको ४२ औं वार्षिकोत्सवका अवसरमा बधाई ज्ञापन गर्नुभएको छ।  

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र गिरिबाथी बीचको दौत्य सम्बन्ध पुन:शुरू भएको लगभग २ वर्षयता दुवै देश सम्बन्ध राम्रोसँग विकसित हुँदै आएको औँल्याउनुभएको छ। उहाँका अनुसार, राजनीतिक सम्बन्धमा दुवै देशले एकअर्काको सम्मान र विश्वास गरेको, आर्थिक क्षेत्रमा दुवै देशले घनिष्टसँग सहकार्य गरेको र सांस्कृतिक क्षेत्रमा दुवै पक्षले राम्रोसँग आदान प्रदान गरेका छन्। तथ्यबाट के प्रमाणित हुन्छ भने चीन र गिरिबाथी बीचको दौत्य सम्बन्ध पुन:शुरू भएको कुरा ऐतिहासिक प्रवाह र दुवै पक्षको साझा हित अनुकूल हुने सही छनोट हो।

राष्ट्रपति मामओसँगै मिलेर दुवै देश सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुवै देश र दुई देशका जनताका लागि अझ बढी हितकल्याणको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले आफ्नो सन्देशमा बताउनुभएको छ।