सिन्च्याङको मानव अधिकार उपलब्धिद्वारा पश्चिमी झुटको पर्दाफास
2021-07-16 18:50:07CRI
Share with:

सिन्च्याङको मानव अधिकार उपलब्धिद्वारा पश्चिमी झुटको पर्दाफास_fororder_0716ruiping-xinjiang1

चीन सरकारले जुलाई १४ तारिख “सिन्च्याङको विभिन्न जातिको समान अधिकारको प्रत्याभूति” शीर्षकमा श्वेत पत्र प्रकाशित गरेको छ। चीनको सत्तारुढ पार्टी र सरकारले “जनतालाई केन्द्रमा राख्ने” मानव अधिकार अवधारणा पालना गरेका कारण सिन्च्याङको मानव अधिकार कार्यले ऐतिहासिक प्रगति हासिल गरेको छ। यसले पश्चिमको चीन विरोधी शक्तिको झुट भङ्ग गरेको छ।

जातीय समानता नयाँ चीन स्थापना भएको मूलभूत सिद्धान्तमध्ये एक हो। उक्त श्वेत पत्रअनुसार, नयाँ चीन स्थापना भएयता जातीय समानता, जातीय एकता, विभिन्न जातिको साझा समृद्धि र विकासलाई जातीय समस्या र जातीय सम्बन्धको सामाधान गर्ने आधारभूत सिद्धान्तको रुपमा राखिको छ।

सिन्च्याङको मानव अधिकार उपलब्धिद्वारा पश्चिमी झुटको पर्दाफास_fororder_0716ruiping-xinjiang2

सन् २०१६ यता सिन्च्याङमा लगातार चार वर्षसम्म कुनै पनि हिंसात्मक गतिविधि भएको छैन। सिन्च्याङको अर्थतन्त्र र समाजको विकास “द्रुत गतिको बाटो”मा प्रवेश भएको छ। यसका साथै सिन्च्याङको जातीय संस्कृति र धार्मिक विश्वासको स्वतन्त्रता पनि संरक्षण गरिएको छ।

चालीस वर्षयता सिन्चयाङको युगुर जातिको जनसंख्या ५५ लाखबाट बढेर १ करोड २८ लाख पुगेको छ। मानिसको सरदर आयु ३० वर्षबाट बढेर ७२ वर्ष पुगेको छ।

हाल सिन्च्याङ इतिहासको सबैभन्दा राम्रो विकास अवधिमा रहँदैछ। पश्चिमका केही “मानव अधिकारका सुरक्षाकर्ता”ले सिन्च्याङको गडबड गर्ने र चीनको अवरोध गर्ने प्लट विफल हुनेछ।