“चिनियाँ प्रस्ताव”ले एशिया प्रशान्तको महामारी बिरुद्ध र आर्थिक पुनरुत्थानमा विश्वास बढाउने
2021-07-17 17:21:23CRI
Share with:

“चिनियाँ प्रस्ताव”ले एशिया प्रशान्तको महामारी बिरुद्ध र आर्थिक पुनरुत्थानमा विश्वास बढाउने_fororder_0717ruiping1-1

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १६ तारिख पैचिङमा भिडियोमार्फत एशिया प्रशान्त आर्थिक सहयोग संगठन एपेकका नेताहरूको सम्मेलनमा भाग लिँदै एशिया प्रशान्तले महामारी बिरुद्धको सहकार्य र आर्थिक पुनरुत्थानबारे चार सूत्रीय महत्वपूर्ण अडान प्रस्तुत गर्नुभएको छ। राष्ट्राध्यक्ष सीको उक्त अडानको विभिन्न पक्षले सकारात्मक मूल्याङ्कन गर्दै प्रतिक्रिया जनाएका छन्। ब्राजिलको चीन अध्ययन केन्द्रका प्रमुख एवं अर्थशास्त्री रोनी लिन्सले राष्ट्राध्यक्ष सीको सम्बोधनले अन्तर्राष्ट्रिय समाजले महामारीका बिरुद्धबारे सहकार्य गर्न र आर्थिक पुनरुत्थानलाई अगाडि बढाउनका लागि प्रस्ताव प्रस्तुत गरेको बताउनु भयो।

यस पटकको एपेक शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीनले अन्तर्राष्ट्रिय समाजलाई महामारीको बिरुद्ध गर्न समर्थन दिने अडान र कदम दोहोर्‍याउनुभयो। आगामी तीन वर्षमा चीनले कोरोना भाइरस खोपको बौद्धिक सम्पदा अधिकारको छुटको समर्थन दिन विकासोन्मुख मुलुकहरूलाई ३ अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय सहायता दिनेछ। चीनले एपेकलाई रकमको प्रदान गरी “महामारीको सामना र आर्थिक पुनरुत्थान”को उप कोष स्थापना गर्नेछ। ती वस्तुगत कारवाहीबाट एशिया प्रशान्त क्षेत्र र विकासोन्मुख मुलुकहरू लाभान्वित हुनेछन्।

वास्तविकताबाट चीन एशिया प्रशान्तको महामारी बिरुद्धको सबैभन्दा भरपर्दो टेवा हो र पनि एशिया प्रशान्तको आर्थिक पुनरुत्थान र साझा विकासको भरपर्दो साझेदार हो भन्ने कुरा प्रमाण गरिएको छ।