अमेरिकाले हङकङमाथि लगाएको प्रतिबन्धले अनुमानभन्दा उल्टो नतिजा प्राप्त
2021-07-17 16:40:45CRI
Share with:

अमेरिकाले हङकङमाथि लगाएको प्रतिबन्धले अनुमानभन्दा उल्टो नतिजा प्राप्त_fororder_0717ruiping2-1

जुलाई १६ तारिख अमेरिकाले हङकङलाई तथाकथित “वाणिज्य चेतावनी” सार्वजनिक गर्दै हङकङको व्यापारिक वातावरणको बदमान गरेको छ। उसले हङकङका लागि चिनियाँ केन्द्रीय सरकारको संस्थानका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले लगाएको अतिशय प्रहारले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लंघन गरेको छ। विश्लेककाअनुसार, अमेरिकाको वाहियात कर्तुतले अनुमानभन्दा उल्टो नतिजा प्राप्त गर्ने र अमेरिकाको आफ्नो हितलाई हानी पुर्‍याउने छ।

अमेरिकाले हङकङमाथि लगाएको प्रतिबन्धले अनुमानभन्दा उल्टो नतिजा प्राप्त_fororder_0717ruiping2-2

प्रतिबन्ध लगाउनु अमेरिकाले विश्वमा एकाधिकारवादको कार्यान्वयन गर्ने उपाय हो। तर अमेरिकाको प्रतिबन्धले कुनै पनि व्यक्ति  डराउँदैनन्। गत वर्षको जुलाई महिनामा अमेरिकाले तथाकथित “हङकङ स्वशासित ऐन” मा हस्ताक्षर गरेको विषयबारे हङकङको राष्ट्रिय सुरक्षा ऐनको बदमान गरेको र चीनमाथि प्रतिबन्ध लगाएको थियो। तर अमेरिकाले लगाएका श्रृंखलाबद्ध तथाकथित“प्रतिबन्ध”ले कुनै पनि नतिजा प्राप्त गर्न सकेनन्।

विश्वका लगानीकर्ताका लागि हङकङको आकर्षण हङकङको विशेष भौगोलिक स्थान, वाणिज्य सञ्जाल, दक्ष व्यक्तिआदि कारक-तत्वहरूद्वारा निर्णय गरिन्छ। उनीहरुलाई यस्तो अधिकार अमेरिकाले दिने होइन। चीनको“चौधौँ पञ्च वर्षीय योजना”खास गरी क्वाङतोङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्र अगाडि बढाइनुका साथसाथै हङकङ चीनको राष्ट्रिय विकास रणनीतिमा संलग्न हुने पाइला गति प्रदान गरिने छ। मातृभूमिमा भर पर्ने ठूलो श्रेष्ठता पहिले, अहिले र भविश्यमा हङकङको ठूलो विकास हुने आत्मविश्वास हो। अमेरिकाको तथाकथित प्रतिबन्धको कुनै अर्थ र भूमिका छैन।