केही पश्चिमा जनमत सर्वेक्षणद्वारा नक्कली नतीजा प्रक्षेपण
2021-07-19 20:48:55cri
Share with:

केही पश्चिमा जनमत सर्वेक्षणद्वारा नक्कली नतीजा प्रक्षेपण_fororder_rp2

अमेरिकी प्रसिद्ध मिडिया ब्लुमवर्ग र नामी जनमत सर्वेक्षण संस्था पेयु रिसर्च सेन्टरले हाल लगातार रूपमा २ वटा जनमत सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेका छन्। ब्लुमवर्गको निचोड भनेको अमेरिका पूरै विश्वमा महामारी प्रतिरोध गर्न सबैभन्दा राम्रो उपलब्धि प्राप्त गरेको मुलुक हो भने पेयु रिसर्च सेन्टरको नतिजा तथाकथित चीनको अन्तर्राष्ट्रिय छवि अझ नकारात्मक रहेको सिलसिलामा अमेरिकी अन्तर्राष्ट्रिय छविमा सकारात्मक परिवर्तन आएको छ भन्ने आसयको छ। अवश्य नै ती २ वटा रिपोर्टलाई विश्व जनमतले हास्यास्पद भनेर मूल्यांकन गरेको छ।

केही पश्चिमा जनमत सर्वेक्षणद्वारा नक्कली नतीजा प्रक्षेपण_fororder_rp1

सजिलैसँग के देखिएको छ भने निश्चित गरिएको अनुमान नतिजा र मानवीय नियन्त्रण बमोजिम ती २ वटा रिपोर्टमा घमण्ड र भेदभाव भरिपूर्ण देखिन्छ। ब्लुमवर्ग र पेयु रिसर्च सेन्टरले जनमतको नाउँमा नक्कली निचोड निकालेका छन्। त्यसबाट केही पश्चिमा मिडिया र संस्थाले चीनप्रति निकै गहिरो भेदभाव देखाइनु बाहेक पश्चिमा जगतको मूल्यगत धारणा पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ। त्यसबाट ती मिडिया, संस्था र अमेरिकी सरकार बीच हितकल्याण सम्बन्धी गोप्य सम्पर्क चुहिएको पनि देखिन्छ।