कोभिड-१९ भाइरसको स्रोत खोज्ने महत्वपूर्ण क्षेत्र अमेरिका
2021-07-20 21:08:24cri
Share with:

कोभिड-१९ भाइरसको स्रोत खोज्ने महत्वपूर्ण क्षेत्र अमेरिका_fororder_720rp1

हाल विश्व स्वास्थ्य संगठनको सचिवालयले कोभिड-१९ भाइरसको स्रोत खोज्ने दोस्रो चरणको कार्य योजना सार्वजनिक गरेको छ। यो योजना चीन लगायतका अरू मुलुकहरूबाट कोभिड-१९ भाइरसको स्रोत खोज्ने अडानसँग असंगत भएको देखिन्छ। हालसम्म ५५ वटा मुलुकले विश्व स्वास्थ्य संगठनलाई पत्र पठाई वैज्ञानिक आधारमा सो भाइरसको स्रोत खोज्नुपर्ने साथै यो कार्यलाई राजनीतिकरण गर्न नहुने धारणा व्यक्त गरेका छन्।

यस वर्षको मार्च महिनासम्म विश्वमा कोभिड-१९ भाइरसको स्रोत खोज्ने कार्य अन्तर्गत चीनमा रहेको कार्य सम्पन्न भएपछि विश्व स्वास्थ्य संगठन तथा चीनको सर्वेक्षण कार्य टोलीले संयुक्तरूपमा एउटा औपचारिक प्रस्ताव प्रस्तुत गरेको थिए। सो प्रस्तावमा कोभिड-१९ भाइरस चीनको प्रयोगशालाबाट चुहिने संभावना धेरै कम भएको पुष्टि भएको छ। यो औपचारिक प्रस्तावलाई सम्मान र सुरक्षा गर्नुपर्छ।