#अल्पसंख्यक जाति# तिब्बतमा छजना विदेशीहरूको पहिलो अनुभव-2
2021-07-20 10:33:30cri
Share with:

#अल्पसंख्यक जाति# तिब्बतमा छजना विदेशीहरूको पहिलो अनुभव-2_fororder_2-1.JPG

चालू वर्ष तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सव हो। यसै अवसर पारेर हालसालै चाइना मिडिया ग्रुपका छ जना विदेशी पत्रकारले ल्हासाको भ्रमण गरेका छन्। हाम्रो विभागका अजय अलौकिकबाहेक अरू पाँचजनाले भने पहिलो पटक तिब्बतको यात्रा गरेका हुन्। तिब्बतमा उनीहरूले आफ्नो जीवनमा धेरै कुरा "पहिलोपटक" अनुभव गरेका छन्। गत साताको कार्यक्रममा मैले भारत र पाकिस्तानका पत्रकारहरूको पहिलो अनुभवबारे जानकारी दिएकी थिएँ। फिलिपिन्सको रिओ जाब्लानले भने आफ्नो पहिलो अनुभव गतिविधिलाई दोहोर्याउन गाह्रो हुने बताउनुभयो। ल्हासास्थित पैचिङ माध्यमिक विद्यालयमा उहाँले विद्यार्थीहरूलाई आर्निस खेल देखाउनु र सिकाउनुभएको छ। आर्निस फिलिपिन्सको राष्ट्रिय लठ्ठी खेल हो।

आर्निस खेल सिकाउने क्रममा विद्यार्थीहरूको गतिविधिले रिओको मन छोएको थियो।

“ उनीहरूले कहिल्यै पनि पढाई नछोड्ने र पढेर अझै रामो जीवन बिताउने इच्छा गरेको म महसुस गर्नसक्छु। यो हाम्रो फिलिपिन्सहरूको प्रयासको भावना बराबर छ।”

त्यसबाहेक तिब्बती धूप र तिब्बती लिपीको जन्मथलो ल्हासा शहरी नीमु जिल्लामा रिओले गैरभौतिक सांस्कृतिक सम्पदा मानिएको तिब्बती कागजमा फिलिपिन्सको भाषाद्वारा “मित्रता अमर रहोस्” शब्द पनि लेख्नुभयो।