बाढी प्रकोप रोकथाम र राहतसम्बन्धमा सी चिनफिङद्वारा निर्देशन #चिनियाँराष्ट्राध्यक्ष
2021-07-21 09:41:26CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बाढी प्रकोप रोकथाम र राहत कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले हाल ह नानलगायतका क्षेत्रमा लगातारको वर्षापछि चङचौलगायत शहरमा भयंकर बाढी आएको, केही नदीमा पानीको चेतावनी स्तर नाघेको, केही जलाश्य भत्किएको, केही रेल तथा उडान स्थगित र रद्द गरिएको भन्दै यसबाट जनधनको गम्भिर क्षति भएको र बाढी प्रकोपको स्थिति निकै गम्भीर भएको उल्लेख गर्नुभयो।

राष्ट्राध्यक्ष सीले हाल बाढी प्रकोप मुख्य अवधिमा प्रवेश गरेको भन्दै विभिन्न तहका नेता र कार्यकर्ताले जनताको जनधनको सुरक्षालाई प्राथमिकता राखेको तथा फ्रान्टलाइनमा पुगेर तत्काल मानवस्रोतको गठन गरी पीडित सर्वसाधारणको उचित रूपमा व्यवस्थापन गर्दै जनधनको क्षति हुनबाट रोक्न जोड पनि दिनुभयो। उहाँले जनमुक्ति सेना र सशस्त्र प्रहरीले क्षेत्रीय सरकारसँग सक्रिय रूपमा मिलेर उद्धार गर्नुपर्ने भन्दै राष्ट्रिय बाढी रोकथाम तथा खडेरी प्रतिरोध मुख्यालय, आपतकालीन व्यवस्थापन विभाग, जल संसाधन मन्त्रालय, यायतायात विभागले समन्वय बढाएर बाढी रोकथाम तथा प्रकोप राहतका विभिन्न ठोस उद्धार कदमलाई पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले विभिन्न क्षेत्रका सम्बद्ध विभागले बाढी प्रकोप रोकथाम तथा राहत कार्य राम्रोसित गर्नुका साथै उत्पादन तथा जीवनको छिटो पुनरूत्थान गरी पीडितको उद्धार र महामारी रोकथाम गर्न आह्वान पनि गर्नुभयो। यसरी प्रकोपबाट फेरि पनि गरिबी र महामारी देखिन सक्ने भन्दै प्रतिरोध गर्न आग्रह गर्नुभयो।