चालू वर्षको पूर्वार्द्धमा जीडीपी १२.७ प्रतिशतले वृद्धि
2021-07-22 16:26:07cri
Share with:

चालू वर्षको पूर्वार्द्धमा जीडीपी १२.७ प्रतिशतले वृद्धि_fororder_src=http___d.ifengimg.com_q100_img1.ugc.ifeng.com_newugc_20191023_11_wemedia_c94b70a016f6bfe4062ec11ef9eb679e3302841e_size2767_w3300_h2067.png&refer=http___d.ifengimg

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले हालै पछिल्लो आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ।

सार्वजनिक तथ्याङ्क अनुसार, यस वर्षको पूर्वार्द्धमा चीनको आर्थिक विकासले स्थिरताका साथ सुधार र राम्रो प्रवृत्ति देखाएको छ। पहिलो छ महिनामा चीनको कूल गाहर्स्थ्य उत्पादन मात्रा अर्थात् जीडीपी गत वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले बढेको छ। सम्बन्धी जिम्मेवार व्यक्तिका अनुसार यस वर्षको उत्तरार्धमा चीनको अर्थतन्त्रले स्थिर पुनरुत्थान प्रवृत्तिलाई कायम राख्दै जाने सम्भावना छ।

यस वर्षको पूर्वार्धको अर्थतन्त्रको विकाससँग पाँच विशेषता रहेका छन्। अर्थतन्त्रको निरन्तर वृद्धि, आर्थिक बनौटको सुव्यवस्थापन, नविन प्रवर्द्धन शक्तिको लगातार वृद्धि, गुणस्तरीय लाभ समष्टिगत रूपमा उकास्नु, र नागरिक जीवनको प्रत्याभूतिको लगातार सुधार हुनु पाँच विशेषताहरू हुन्। राज्य परिषदको तथ्याङ्क व्युरोका प्रेस प्रवक्ता ल्यु आइ व्हाले जानकारी दिनुभएअनुसार यस वर्षको पूर्वार्धमा लगातार तथा स्थिर पुनरुत्थान भइरहेको चीनको अर्थतन्त्रले उत्तरार्धको आर्थिक विकासका लागि राम्रो आधार सिर्जना गर्नेछ। एकातिर अर्थतन्त्रको भित्री माँग प्रवर्द्धन शक्ति लगातार बढ्दै छ। यस वर्षको पूर्वार्धमा भित्री मागले अर्थतन्त्रको वृद्धिका लागि ८०.९ प्रतिशतको योगदान सिर्जना गरेको छ। लगानी पनि लगातार पुनरुत्थान भइरहेको छ। अर्कातिर बजारको विश्वास बढ्दै गएको छ। यसका साथै विश्व अर्थतन्त्रले पुनरुत्थानको प्रवृत्तिलाई कायम राख्दै छ। विश्व व्यापार संगठनको पछिल्लो पूर्वानुमानका अनुसार सन् २०२१ ग्लोबल मालसामान व्यापार मात्राको वृद्धि ८ प्रतिशतले बढ्ने सम्भावना छ।

वैदेशिक व्यापारको सम्बन्धमा यस वर्षको पूर्वार्धमा चीनको निर्यात तथा आयात तिब्र गतिले विकसित भएको देखिन्छ। मालसामानको कूल आयात निर्यात रकम लगातार दुई वर्षमा १० प्रतिशतभन्दा बढी छ। प्रेस प्रवक्ता ल्युका अनुसार दुई कारकतत्वले यस उत्तरार्धको आयात निर्यातमा असर पार्ने छ। पहिलो, वर्तमान ग्लोबल महामारी अवस्था निरन्तर जटिल छ। ठूलो परिमाणमा सामग्रीको मूल्य बढ्ने दबाव निरन्तर ठूलो छ। अस्थिर वैदेशिक वातावरणले चीनको वैदेशिक व्यापार वातावरणका लागि केही प्रभाव पार्ने छ। दोस्रो, विदेशी चाहना पुनरुत्थान प्रवृत्तिमा प्रवेश गर्नुका साथै भित्री चाहना पनि बढिरहेको छ। धेरै वर्षयता चिनियाँ व्यवसायले विदेशी परिवर्तनको सामना गर्ने समायोजन क्षमता दिनप्रति दिन बलियो बन्दै गएको छ। जसबाट हेर्दा पूर्ण वर्षमा चीनको वैदेशिक व्यापारको निर्यात आयातले अपेक्षाकृत तिब्र वृद्धि गतिलाई कायम राख्दै जाने छ।                                                                                                                                                                                                        

तथ्याङ्कका अनुसार यस वर्षको अघिल्ला छ महिनामा वैदेशिक र हङकङ तथा मकाउ र थाइवानका व्यापारीद्वारा लगानी लगाइएको व्यवसायको थपिने मान गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ। जसबाट ती व्यापारीहरुले महामारीको प्रभावमा बजारमूलक वातावरणको परिवर्तनको अनुकूलन गर्ने क्षमता प्रतिबिम्बित भएको छ।