ओलम्पिक आदर्श वाक्यमा “अझै एकता” थप
2021-07-22 19:20:02cri
Share with:

ओलम्पिक आदर्श वाक्यमा “अझै एकता” थप_fororder_rp

३२औं ग्रीष्म ओलम्पिक खेलकुद जुलाई २३ तारिख जापानको टोक्यो शहरमा शुरू हुने भएको छ जुन विश्वको सबैभन्दा ठूलो खेलकुदको प्रतियोगिता मानिन्छ। सो खेलकुद प्रगियोगितामार्फत मानव समाजको प्रतिस्पर्धाका साथै विकास पनि देखिन्छ।

यस पटकको ओलम्पिक खेलकुदको लागि एउटा धेरै महत्वपूर्ण कुरा भनेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिको १३८औं सम्पूर्ण बैठकमा ओलम्पिकको आदर्श वाक्यमा “अझै एकता”भन्ने थपिएको छ। अब ओलम्पिकको आदर्श वाक्य भनेको “अझै छिटो, अझै अग्लो, अझै बलियो र अझै एकता” भन्ने रहेको छ।  

हालको अवस्थाबाट हेर्दा कोभिड-१९ भाइरस विश्वव्यापी फैलिरहेको र यसको कारण विश्वको आर्थिक पुनरूत्थान हुन झन् गाह्रो भएको छ। तर केही पश्चिमा मुलुकका राजनीतिज्ञहरूले भौगोलिक राजनीतिक द्वन्द्व र विचार विज्ञानको भेदभाव गरी विश्वलाई विभाजन गर्न खोजिरहेका छन्। वास्तवमा विश्वका खेलाडीहरूले आ-आफ्नो संस्कृतिसहित कोभिड-१९ भाइरसको संकट सामना गर्दै विभिन्न मुलुकबाट टोक्योमा पुगेका छन् भने ओलम्पिकको “सम्पूर्ण विश्वलाई एकतावद्ध बनाउने”शीर्षकलाई अझ महत्वपूर्ण देखाउनेछन्।

यसैबीच सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद आयोजक मुलुक चीनले यस पटक विदेशमा सहभागिताका लागि सबैभन्दा धेरै खेलाडीहरूलाई पठाएको छ। चीनले व्यावहारिक गतिविधिमार्फत विश्वएकताका साथै संयुक्तरूपमा चुनौतीको सामना भन्ने अडान लिएको छ।