मकैको जन्मथलोमा मकैको अध्ययन गर्ने चिनियाँ युवती
2021-07-23 09:58:14cri
Share with:

मकैको जन्मथलोमा मकैको अध्ययन गर्ने चिनियाँ युवती_fororder___172.100.100.3_temp_16_1_16_1_1_8a2d8772-9861-4d32-b7b7-9595d2c4dd12

मेक्सिको “मकैको जन्मथलो” कहलाइएको छ। हाल चिनियाँ युवती कृषि विद्वान रन च्याउ च्याउले मेक्सिकोमा मकैसम्बन्धी अध्ययन गर्दैछिन्। यसका साथै उनले चीन र मेक्सिकोबीचको मैत्रीपूर्ण आदान-प्रदान र कृषि क्षेत्रको सहयोगलाई अगाडि बढाउन प्रयास पनि गर्दैछिन्।

सन् २००६ मा रन च्याउ च्याउ चिनियाँ कृषि विश्वविद्यालयमा भर्ना भएकी थिइन्। उनले मकैसम्बन्धी अध्ययनको सर्वोच्च संस्थान अर्थात् चिनियाँ कृषि विश्वविद्यालयको राष्ट्रिय मकै केन्द्रमा निरन्तर अध्ययन गरेकी थिइन्। सन् २०१७ मा उनले डाक्टर डिग्री पाएपछि सिन्च्याङ कृषि विश्वविद्यालयमा रोजगार पाएकी थिइन्। सन् २०१९ को अक्टोबर महिनामा उनी मकैको अध्ययन गर्न मेक्सिकोको मध्य भागस्थित मेक्सिको प्रदेशको राष्ट्रिय मकै तथा गहुँ केन्द्र गइन्।

मकैको जन्मथलोमा मकैको अध्ययन गर्ने चिनियाँ युवती_fororder___172.100.100.3_temp_16_1_16_1_1_a7ccaf5f-1fa2-46fb-826d-4862a188b686

कृषिलाई आफ्नो जीवन कार्यको रुपमा राख्नुको कारणबारे चर्चा गर्दै रन च्याउ च्याउ भन्छिन् “सन् २००४ देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नम्बर एक दस्तावेजमा “कृषि, ग्रामीण क्षेत्र र किसान” समस्यालाई निरन्तर रुपमा ध्यान दिइएको थियो। कृषि विकास राष्ट्रिय भाग्यसित सम्बन्धित छ। कृषि राष्ट्रिय शान्ति र सामाजिक स्थिरताको महत्वपूर्ण कारक-तत्व हो। त्यसैले मेरो विचारमा कृषिको ठूलो भविष्य छ। मैले पनि कृषिका लागि योगदान दिने आशा लिएकी छु।”

रन च्याउ च्याउकाअनुसार, मेक्सिको मकैको उदगम स्थल हो। त्यहाँको भौतिक स्रोत साधन निकै प्रशस्त छ। शुद्धता र अक्षांशमा चीनको दक्षिण-पश्चिमी क्षेत्र र मेक्सिकोबीच समान छ। त्यसैले चीनमा मेक्सिकोको मकै प्रजाति र प्रविधि भित्र्याउने क्षेत्रमा श्रेष्ठता छ। रन च्याउ च्याउ भन्छिन् “मैले मुख्यत आधारभूत सैद्धान्तिक अध्ययन गर्नेछु। म मेक्सिको आउनुको उद्देश्य मुख्यत स्थानीय अत्याधुनिक ज्ञान र प्रविधि सिक्नु हो। यहाँ भौतिक स्रोत साधन प्रशस्त छ। मैले उत्तम गुणस्तरको प्रजाति भित्र्याउने र स्वदेश फर्कने योजना छ।”

मकैको जन्मथलोमा मकैको अध्ययन गर्ने चिनियाँ युवती_fororder___172.100.100.3_temp_16_1_16_1_1_2e77bf0d-f580-4bcb-8f3c-3c9a81cc2fcf

गत वर्ष कोरोना भाइरस महामारी भएयता मेक्सिकोको महामारी अवस्था अझै गम्भिर छ। यसबाट रन च्याउ च्याउको अध्ययनमा केही कठिनाई थपेको थियो। महामारी अवधिमा उनले एउटा थेसिस पूरा गरेकी छिन्। उनको यो थेसिस अन्तर्राष्ट्रिय वनस्पति क्षेत्रको प्रसिद्ध पत्रिकामा प्रकाशित गरिएको छ। उनी भन्छिन् “पोस्ट डक्टोरलको अन्तर्राष्ट्रिय आदान-प्रदान परियोजनाले मलाई अन्तर्राष्ट्रिय मकै प्रजातिको उत्कृष्ट संस्थानमा अध्ययन गर्ने र सिक्ने मौका उपलब्ध गराएको छ। कृषि क्षेत्रमा मैले चीन र मेक्सिकोबीच गहिरो रुपमा आदान-प्रदान हुने सुअवसर देखेकी छु। यसका साथै यस पटकको अध्ययन परियोजनामार्फत मैले मेक्सिकोको संस्कृतिबारे केही जानकारी लिएकी छु। यसले भविष्यमा दुई मुलुकको सहयोग र आदान-प्रदानका लागि जग बसालेको छ।”

सन् २०१० मे महिनामा २२ वर्षीय रुन च्याउ च्याउ चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य बनेकी थिइन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा उनले शुभकामना दिइन्। उनी भन्छिन् “म चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य हुँ। म मेक्सिका लागि अन्तर्राष्ट्रिय मकै तथा गहुँ केन्द्रको मुख्यालयबाट चिनियाँ कम्युनिष्ट पार्टीको जन्मदिवसको अवसरमा शुभकामना दिन्छु।”