चीनको भित्री मङ्गोलियाको भ्रमण अनुभव
2021-07-23 10:39:46cri
Share with:

भित्री मङ्गोलिया घाँसैमैदान, भेडा, च्याङ्ग्रा र घोडाका लागि प्रसिद्ध छ। यहाँ पर्यावरणीय संरक्षणलाई विशेष ध्यान दिँदै कृषि तथा पशुपालनको आधुनिक तवरमा विकास गरिएको छ। अस्ट्रेलिया, न्यूजील्याण्डको पद्धति भित्र्याएर गाईवस्तु पालन गरिएको छ। नयाँ युगमा भित्री मङ्गोलियाले कृषि तथा पशुपालनको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग जस्तै टिभी र रिमोटको भरमा गोठालो जाने काम गरेको छ।

पर्यावरणीय पर्यटनमा जोड, एक्लै परेका वृद्धवृद्धालाई आश्रयस्थल, स्थानीय विशेषतायुक्त उत्पादनको उत्पादन तथा विक्री प्रवर्द्धनमा जोड दिइएको छ। यस्ता उपायहरूको प्रयोग गरी भित्री मङ्गोलियाका गरिब गाउँहरू गरिबीमुक्त भएका छन्।