चिनियाँ राष्ट्राध्यक्ष तिब्बतको निरीक्षण भ्रमणमा
2021-07-23 10:46:19cri
Share with:

     

    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले २१ तारिख तिब्बतको निरीक्षण भ्रमण गर्नुभएको छ। लिन्चीमा तिब्बतका विभिन्न जातीयहरुले राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गरेका छन्। नि याङ पुलको निरीक्षण गर्दै राष्ट्राध्यक्ष सीले ब्रह्मपुत्र र नि याङ नदीको पर्यावरणीय वातावरणको संरक्षण अवस्थाको जानकारी लिनुभएको छ।

     २२ तारिख बिहान राष्ट्राध्यक्ष सीले लिन्ची रेल स्टेशनको निरीक्षण गर्दै स छ्वान तिब्बत रेलमार्गको समग्र योजना र ल्हासा-लिन्ची रेलमार्गको निर्माण तथा सञ्चालन अवस्थाबारे जानकारी लिनुभएको छ।