चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा तिब्बतको ल्हासाको भ्रमण निरीक्षण
2021-07-23 15:14:00cri
Share with:

जुलाई २२ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तिब्बतको ल्हासाको भ्रमण तथा निरीक्षण गर्नुभएको छ। उहाँले ड्रपुङ मन्दिर, भाकोर सडक र पोताला दरबार चोकमा गएर त्यहाँको जातीय धर्म, प्राचीन सहरी संरक्षण र तिब्बती संस्कृतिको संरक्षणबारे जानकारी लिएर सर्वसाधारणसँग कुराकानी र आदानप्रदान पनि गर्नुभएको छ।