सीद्वारा न्गुयेन स्येन फुक भियतनामको राष्ट्राध्यक्षमा पुन नियुक्त हुनु भएकोमा बधाइ
2021-07-26 19:57:24cri
Share with:

जुलाइ २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामका राष्ट्राध्यक्षको पदमा पुन नियुक्त हुनु भएका न्गुयेन स्येन फुकलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले चालु वर्षमै भियतनाम कम्युनिष्ट पार्टीको १३औँ महाधिवेशन भएको र चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सव पनि मनाइएको भन्दै दुई पार्टी र देशको निर्माण कार्य महत्वपूर्ण अवधिमा प्रवेश भएको दोहोर्‍याउनुभयो। आफूले भियतनामसँगको सम्बन्धको विकासमा निकै ध्यान दिनुका साथै भियतनामका नेतागणसँग मिलेर नयाँ अवधिमा दुई पार्टी र दुई देशबीचको सम्बन्धमा रणनीतिक नेतृत्व गरी चीन-भियतनाम रणनीतिक अर्थपूर्ण भाग्य समुदायको रचना बढाउने इच्छा लिएको राष्ट्राध्यक्ष सीले आफ्नो बधाइ सन्देशमा उल्लेख गर्नु भएको छ।