प्राकृतिक पर्यावरणका संरक्षक वु च्या वै
2021-07-26 09:04:17cri
Share with:

प्राकृतिक पर्यावरणका संरक्षक वु च्या वै_fororder_2

 

वु च्या वै चीनको दक्षिण पश्चिमी भागमा रहेको स छ्वान प्रान्तको छङ तु शहरबाट आएका हुन्। विश्वविद्यालयबाट स्नातक भएपछि उनी एक वन इन्जिनियर बनेर प्राकृतिक पर्यावरण र जंगली वनस्पति तथा जनावरको संरक्षण गर्ने गर्छन्। छङ तु चीनको दक्षिण पश्चिमी भागमा रहेको स छ्वान प्रान्तको सदरमुकाम हो। त्यहाँ करिब १ करोड ७० लाख जनसंख्या रहेको छ भने त्यसको क्षेत्रफल १४ हजार वर्गकिलोमिटर रहेको छ।

वु च्या वैकी श्रीमती स्थानीय सञ्चार माध्यमकी संचारकर्मी हुन्। ड्युटी भएको दिन उनीहरुले घरमा बिहानको खाना खान्छन्। उनीहरुको घर शहरी क्षेत्रमा अवस्थित छ। घरमा भोजनालय, बैठक कोठा र दुईटा सुत्ने कोठा छन्। जुन चीनका शहरहरुमा रहेको अग्लो भवनको सामान्य अपार्टमेन्ट हो। बरण्डाको झ्यालबाट बाहिर हेर्दा फलाम र सिमेन्टबाट निर्मित शहरको छविबाहेक, हरियाली शहरी पार्क देखिन्छ। कौशीको झ्यालमा रोपिएको बिरुवाले नजीकै बसोबास गर्ने चरालाई आकर्षण गरेको छ।

वु च्या वै एपबाट स्क्यानिङ गर्नुका साथै इलेक्ट्रोनिक पैसाबाट तिर्छन्। मोटर-गाडी चढ्नुको सट्टा साझा साइकल चढ्ने गर्छन्। यस महिनामा उनले साइकलबाट १०२ किलोमिटर यात्रा गरेका छन्। जसबाट १२ किलोग्रामको कार्बन निश्कासन घटेको एपद्वारा देखाइएको छ।

वु च्या वैले संचालन गरेको यस सामूहिक विकास केन्द्रले मानव जाति र वातावरण बीचको मेलमिलापयुक्त सह-अस्तित्वको जिम्मेवारी वहन गर्छन्। यहाँ पाँच जना कर्मचारी र बीस जना स्वयंसेवकहरु छन्।

जीव जन्तुको विविधताको सर्भेक्षण र वातावरणीय संरक्षण गर्ने स्वयंसेवा कार्यक्रम गरी वातावरणको संरक्षण सम्बन्धी प्रस्ताव तर्जुमा गर्नु यी युवा-युवातीहरुको दैनिक कार्यभार हो।