चीन र अमेरिकाबीचको सम्बन्धमा “चार निषेध”र “दुई सूचि”
2021-07-27 17:33:01cri
Share with:

चीन र अमेरिकाबीचको सम्बन्धमा “चार निषेध”र “दुई सूचि”_fororder_IMG_6158(20210727-173119).JPG

गत मार्चमा आयोजना भएको आन्कोरेज वार्तापछि चीन र अमेरिकाले चीनको थ्यान चिनमा उच्च स्तरीय कुटनीतिक वार्तालाई फेरि आयोजना गरेका छन्। वार्तामा चीनले अमेरिकासँगको सम्बन्धप्रति चीनको सिद्धान्तलाई गम्भीर रुपमा दोहोर्‍याउँदै अमेरिकासमक्ष“चार निशेध”र “दुईटा सूचि”प्रस्तुत गरेको छ।

चीनले विश्वसमक्ष चीन र अमेरिकाबीचको सम्बन्ध कठिन अवस्थामा परेको जिम्मेवारी अमेरिकाद्वारा पूर्ण रुपमा वहन लिनुपर्छ भन्ने धारणा स्पष्ट देखाउँछ। आधा वर्ष कार्यवधि पार गरेको यस अमेरिकी सरकारले गत सरकारको गलत नीतिद्वारा सिर्जना गरिएको भद्रगोल अवस्थालाई मिलाएको छैन भने यसको सट्टामा चौतर्फी रुपमा चीनमाथि बाधा सिर्जना गरिरहेको छ।

चीन र अमेरिकाबीचको सम्बन्धमा “चार निषेध”र “दुई सूचि”_fororder_IMG_6159(20210727-173126).JPG

अमेरिकाले नयाँ कोरोना भाइरस स्रोतको खोजी,थाइवान,सिन्च्याङ्ग,हङकङ,दक्षिण चीन सागर आदि समस्यामा खतरा उत्तेजक गरेकोमा चीनले यस वार्तामा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। चीनको आन्तरिक मामिलामा हुने हस्तक्षेप बन्द गर्नुपर्ने,चीनको हितलाई हानी पुर्‍याउने कार्य बन्द गर्नुपर्ने,उत्तेजक गतिविधि बन्द गर्नुपर्ने र घमण्डकफ झण्डा झण्डाउँदै द्बन्द्ब गर्ने कार्यलाई बन्द गरी चार निषेध काम गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ।

यस वार्ता भएअघि अमेरिकी उप विदेश मन्त्री वेंडी शेर्मानले चीन र अमेरिकाबीचको सम्बन्ध निरन्तर चर्को हुने सम्भावना रोक्नका लागि संरक्षण लाइनको निर्माण गर्नसक्ने आशा व्यक्त गर्नु भएको छ। वास्तवमा चीनद्वारा प्रस्तुत दुई सूचि अमेरिकालाई अतिआवश्यक रहेको दुबै मुलुकबीचको सम्बन्धको वास्तविक संरक्षक हो। यी दुई सूचिमा अमेरिकाले चीनप्रतिको गलत नीति,धारणा तथा गतिविधिका त्रुटी सच्याउनु मात्र नभइ चीनले चिन्ता गरेको महत्वपूर्ण मुद्दा पनि रहेको छ। चीनका यी उचित र निष्पक्ष आग्रहले चीन र अमेरिकाबीचको सम्बन्धलाई सुधार गर्नका लागि स्पष्ट दिशा देखाएको छ। चीनसँगको सम्बन्धको विकासका लागि अमेरिकाले सुन्नु र सम्मान गरी दुई कुरा सिक्नुपर्छ।