भाइरस स्रोत खोजीमा राजनीतिकरण भएकोमा विश्वव्यापी विरोध
2021-07-28 19:09:10cri
Share with:

भाइरस स्रोत खोजीमा राजनीतिकरण भएकोमा विश्वव्यापी विरोध_fororder_IMG_6180(20210728-190742).JPG

हाल चीनको एक आधिकारिक मिडिया अर्थात् चाइना मिडिया ग्रुपअन्तर्गत सि जि टि एन थिन्क ट्याङ्कले विश्वव्यापी इन्टर्नेट प्रयोगकर्तासमक्ष सार्वजनिक गरेको एक छानबीन प्रतिवेदनबाट अन्तर्राष्ट्रिय समाजको व्यापक नजर आकर्षित गरेको छ। यस प्रतिवेदनका अनुसार मतदानमा भाग लिने ग्लोबल इन्टर्नेट प्रयोगकर्तामध्ये ८० प्रतिशतले नयाँ कोरोना भाइरस स्रोत खोजी समस्या राजनीतिकरण भएको विचार लिएका छन्। उनीहरुको विचारमा भाइरस स्रोतको खोजी विश्वका धेरै स्थलमा चौतर्फी रुपमा गरिनुपर्छ।

जनमत नै ऐना हो भने जसबाट अमेरिका केन्द्रित केही पश्चिमी मुलुकद्वारा भाइरस स्रोत खोजीलाई राजनीतिकरण बनाउने खतरा गतिविधि सर्वसाधारणको मनलाई उल्लङ्गन गरेको अभिव्यक्त भएको छ।

भाइरस स्रोत खोजीमा राजनीतिकरण भएकोमा विश्वव्यापी विरोध_fororder_IMG_6179(20210728-190736).JPG

यस वर्षको मार्च महिनामा भाइरस स्रोत ग्लोबल खोजीअन्तर्गत चीनको विभाग सकेपछि विश्व स्वास्थ्य संगठन र चीनले संयुक्त छानबीन प्रतिवेदनको औपचारिक सार्वजनिक गर्दै नयाँ कोरोना भाइरस चीनको प्रयोगशालाबाट चुहिएको कुरालाई असंभव भनी दिएका थिए। तापनि अमेरिका लगायत केही मुलुकहरुले उक्त प्रतिवेदनलाई ध्यान नदिई भाइरस स्रोत खोजीलाई राजनीतिकरण गर्दै आएका छन्। यी मुलुकको खतरा गतिविधिले ग्लोबल भाइरस स्रोत खोजीको परिपार्टीलाई गम्भीर हस्तक्षेप गरेको देखिन्छ।

सि जि टि एन थिन्क ट्याङ्कद्वारा प्रस्तुत“भाइरस खोजी सम्बन्धी छानबीन धेरै मुलुकमा गराउनेमा तपाईंको समर्थन छ कि छैन?”भन्ने प्रश्नमा मतदान गर्ने बेलायती,स्पेन,फ्रान्सेली,अरबीय,रुसी भाषी इन्टर्नेट प्रयोगकर्तामा ट्विटरमा ८३ प्रतिशतले समर्थन गरेका छन्। त्यसैगरी फेसबुकमा ७९ प्रतिशतले समर्थन दिएका छन्। जनमतलाई उल्लङ्गन गर्न सकिँदैन। केही अमेरिकीहरुले चीनलाई बदनाम गर्ने जस्तोसुकै तरिका अपनाए पनि अन्तर्राष्ट्रिय समाजलाई मूर्ख बनाउन सक्दैनन्।