पेरुका राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्षको शुभकामना
2021-07-28 17:23:01cri
Share with:

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेरुका नयाँ नियुक्त राष्ट्रपति पेड्रो कास्टिल्लोलाई बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार चीन र पेरु मित्रराष्ट्र र साझेदार हुन्। यी दुबै मुलुकबीच गहन रणनीतिक विश्वास र परम्परागत मित्रता रहेको छ भने विभिन्न क्षेत्रमा आदानप्रदान तथा सहयोगमा प्रचुर उपलब्धि प्राप्त भएको छ। राष्ट्राध्यक्ष सीले पेरुसँगको सम्बन्धको विकासलाई जोड दिँदै राष्ट्रपति कास्टिल्लोसँग दुबै मुलुकको दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्वसलाई अवसरका रुपमा लिँदै आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई उकास्ने आशा व्यक्त गर्नुभएको छ।