विश्व स्वास्थ्य संगठनले फोर्ट डेट्रिक प्रयोगशालाको छानबिन गर्नसक्छ
2021-07-28 16:09:35cri
Share with:

विश्व स्वास्थ्य संगठनले फोर्ट डेट्रिक प्रयोगशालाको छानबिन गर्नसक्छ_fororder_IMG_6168(20210728-160649).JPG

नयाँ कोरोना भाइरस स्रोतको आउने चरणको खोजी गर्दै “प्रयोगशालाबाट भाइरस चुहिने”सम्भावनालाई विचारमा राख्ने आधारमा अमेरिकाको फोर्ट डेट्रिक प्रयोगशालाको छानबिन गर्नका लागि अन्तर्राष्ट्रिय समाजले विश्व स्वास्थ्य संगठनलाई दिन प्रतिदिन आग्रह गर्दै आएको छ।

जुलाई २७ तारिख साँझ ६ बजेसम्म चिनियाँ इन्टर्नेट प्रयोगकर्ताले विश्व स्वास्थ्य संगठनलाई उक्त प्रयोगशालाको छानबीन गर्नका आग्रह गर्दै हस्ताक्षर गर्नेको संख्या १ करोड ४० लाखभन्दा बढी पुगेको छ। रुसी पत्रकार एवं इतिहासकार सर्गेई ल्याटिसले हालै एक रहस्यमय अमेरिकी फोर्ट डेट्रिक प्रयोगशाला नयाँ कोरोना भाइरसको वास्तविक स्रोत हो कि? शीर्षकमा विश्लेषणात्मक लेख सार्वजनिक गर्नु भएको छ। उक्त लेखका अनुसार वाशिंगटनले सधै नै नयाँ कोरोना भाइरसको स्रोत भन्दै चीनलाई साबित गर्न प्रयास गरिरहेको छ। भाइरस स्रोतको सम्बन्धमा अमेरिकाभन्दा चीन अझै भरोसायोग्य छ।  फिलिपिन्सका प्रसिद्ध राजनीतिक टिप्पणीकर्ता हर्मन टियू लाउरेलले पनि एक लेख सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनलाई उक्त प्रयोगशालाको छानबिन गर्न आह्वान गर्नु भएको छ। चीनलाई बदनाम गरिरहेको अमेरिका गम्भीर महामारीमा परेता पनि विश्वसमक्ष आफ्ना अवस्था खुला गरेको छैन। यसका धेरै संदिग्ध कुरा छन्।

विश्व स्वास्थ्य संगठनले फोर्ट डेट्रिक प्रयोगशालाको छानबिन गर्नसक्छ_fororder_IMG_6167(20210728-160641).JPG

सन्२०१९ को जुलाईमा दुईटा असामान्य घटना एकै साथमा अमेरिकामा भएका थिए। अमेरिकी सेनाले फोर्ट डेट्रिक प्रयोगशालालाई आकस्मिक बन्द गरेको थियो। तत्कालीन धेरै राज्यमा देखिएको“ई-सिगरेट निमोनिया”को लक्ष्यण नयाँ कोरोनासँग धेरै मिल्दोजुल्दो देखिन्थ्यो। उक्त प्रयोगशालाबाट भाइरस निस्केको बाहिरी शंका रहेको छ। विशेष गरी उक्त प्रयोगशालाले चीनको आक्रमण गर्ने जापानी सेना ७3१ बलको कुख्यात आपराधिक विरासत राखेको छ भने इतिहासमा यस प्रयोगशालाका धेरै सुरक्षा घटना गराइएको देखिन्थ्यो।

विश्व स्वास्थ्य संगठनले जनमतबोजिम फोर्ट डेट्रिक प्रयोगशाला र दुई सयभन्दा बढी अमेरिकी प्रवासी जैविक प्रयोगशालाको छानबीन गर्नसक्छ। जसबाट विश्वसमक्ष एक वास्तविक तथ्या बाहिर आउन सक्छ।