#समाचार सन्दर्भ# चीनद्वारा किन “कोभिड-१९ स्रोतको दोस्रो कार्य योजना” को विरोध?
2021-07-29 12:17:46cri
Share with:

हालै विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोसले प्रस्तुत गर्नुभएको कोभिड-१९ स्रोतको दोस्रो कार्य योजनाबाट केही बहस सिर्जना भएको छ। साथै चीनले कोभिड-१९ स्रोत कार्यमा सहयोग नगर्ने भनाइ प्रस्तुत गरेको छ। चीनसँग मित्रवत् सम्बन्ध रहेको नेपाली साथीले पनि प्रश्न गरेका छन् “किन चीनले कोभिड-१९ स्रोतको दोस्रो कार्य योजनालाई स्वीकार नगरेको? साहस छैन होला?”

#समाचार सन्दर्भ# चीनद्वारा किन “कोभिड-१९ स्रोतको दोस्रो कार्य योजना” को विरोध?_fororder_111

सर्वप्रथम, कोभिड-१९ स्रोत कार्यमा चीनले सधैँ नै खुला, पारदर्शी, वैज्ञानिक र सहयोग सिद्धान्त अपनाएर सम्पूर्ण रूपमा विश्व स्वास्थ्य संगठनको कार्यलाई समर्थन गर्दै आएको छ।

यस वर्षको आरम्भमा विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीले चीनको उहानमा २८ दिने कोभिड-१९ स्रोत कार्य चलाएका थिए। विशेषज्ञ टोलीले जान चाहेको विभागहरू उदाहरणका लागि चिन यिन थान अस्पताल, ह्वा नान ससुद्री खाना बजार, उहान भाइरस प्रतिष्ठान आदि ९ वटा विभाग चीनले खुला गरेको थियो। विशेषज्ञहरूले भेट्न चाहेका व्यक्ति, चिकित्सक, प्रयोगशालाका कर्मचारी, बजारका कामदार, स्थानीय बासिन्दा र निको भएका बिरामी सबैको चीनले व्यवस्थापन गरेको थियो।

वास्तवमा चीनले पहिलो चरणको भाइरस उत्पति सर्वेक्षणलाई सक्रिय रूपमा साथ दिएको थियो र त्यसको डब्लुएचओले पनि सक्रिय मूल्याङ्कन गरेको थियो। डब्लूएचओका अन्तराष्ट्रिय विज्ञहरुलाई भाइरस उत्पति सर्वेक्षणको खुला तथा स्पष्ट रुपमा स्वागत गर्ने चीनसँग कसरी साहस छैन? यसको सट्टामा, चीनलाई दोष लगाउनखोज्ने अमेरिकाले के कसो गरेको छ त?

#समाचार सन्दर्भ# चीनद्वारा किन “कोभिड-१९ स्रोतको दोस्रो कार्य योजना” को विरोध?_fororder_333

सन् २०१९ डिसेम्बर १३ तारिखदेखि २०२० जनवरी १७सम्म, अमेरिकाका ९ राज्यमा नियमित रक्तदानको नमूना सङ्कल गरिएकाहरूमध्ये १०६ नमूनामा कोभिड-१९ एन्टिबडी सकारात्मक देखिएको थियो। गत वर्षको मेमा न्यू जर्सी राज्य बेल्लेभिल शहरका मेयर माइकल मेलहम कोभिड-१८ परीक्षणमा सकारात्मक भएपछि, आफू सन् २०१९ नोभेम्बरदेखि संक्रमित भएको  विश्वास गर्छन्। यो अमेरिकाबाट प्रकाशित पहिलो कोभिड-१९ रोगीभन्दा लगभग दुई महिना अगाडि हो। सन् २०१९ जुलाईमा अमेरिकामा फैलिएको ई-सिगरेट निमोनियाको लक्षण कोभिड-१९को लक्षणसँग निकै मिलेको देखिन्छ। सन् २०१९ अक्टोबरमा सीआईएको सहभागितामा अमेरिकाले "घटना २०१"-विश्वव्यापी महामारी अभ्यास गरेको थियो। उक्त अभ्यास स्क्रिप्ट कोभिड-१९ महामारीको विकास अवस्थासँग धेरै समान छ।

#समाचार सन्दर्भ# चीनद्वारा किन “कोभिड-१९ स्रोतको दोस्रो कार्य योजना” को विरोध?_fororder_222

विविध शंकाहरुका सामु अमेरिकाले आफ्नै भाइरस उत्पति सर्वेक्षणमा मौनता कायम राख्नुका साथै अरूलाई दोष लगाइरहेको छ। यसो भए अमेरिकासँग साहस छैन हो कि?

यद्यपि चीन विश्वस्त छ भने, किन चीनले तथाकथित "दोस्रो-चरण उत्पति सर्वेक्षण योजना" को विरोध गर्दछ त?

किनभने यो योजनाले 'चीनले प्रयोगशालाको नियममाथि उल्लंघन गरेर भाइरसको चुहावट' भन्ने परिकल्पनालाई अनुसन्धानको मुख्य विषयहरूमध्येको एक बनाएको छ। जसले पहिलो चरणको उत्पति सर्वेक्षणबाट प्राप्त वैज्ञानिक निष्कर्ष अर्थात् प्रयोगशालाबाट नयाँ कोरोना भाइरसको सुरू "अत्यन्त असम्भव" भएको भन्ने निष्कर्षलाई पूर्णतया अस्वीकार गरेको छ।

नयाँ कोरोनाभाइरस प्राकृतिक उत्पत्ति भएको कुरा शैक्षिक समुदायको सामान्य सहमति हो। पहिलो चरणको उत्पति सर्वेक्षण गर्ने संयुक्त विशेषज्ञ समूहका एक अज्ञात विशेषज्ञबाट प्राप्त जानकारीअनुसार, सुरूबाटै "प्रयोगशालाबाट चुहावट" भन्ने भनाइ वैज्ञानिक आधारबिनाको तर्क हो। यो अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहमति हो र " सामान्य ज्ञान हो।" तर विज्ञानको सर्वोच्चता र उत्पति सर्वेक्षण कार्यका लागि जिम्मेवारीवोधको दृष्टिकोणबाट संयुक्त विशेषज्ञ समूहले प्रयोगशालासम्बन्धी परिकल्पनाबारे गम्भीर अनुसन्धान गरेर वैज्ञानिक निष्कर्ष पाएको छ।

तर तथाकथित "दोस्रो चरणको उत्पति सर्वेक्षण योजना" ले अघिल्लो वैज्ञानिक निष्कर्षलाई लगभग अस्वीकार गरेको छ। जसले सामान्य ज्ञानको सम्मान गर्दैन र विज्ञानको उल्लंघन पनि गर्दछ। जसमा स्पष्ट राजनीतिक हेरफेर र लक्षित हिलो छ्याप्न चाहेको देखिन्छ। यो योजना गम्भीर रुपमा राजनीतिकरण गरिएको र वैज्ञानिक तथा वस्तुनिष्ठ सिद्धान्त र सहयोग भावनाको अभाव रहेको दस्तावेज भएको विचार चीनले लिएको छ।

चाखलाग्दो कुरा के हो भने, जुलाई १५ मा डब्लुएचओका महाप्रबन्धकले  भाइरस उत्पति सर्वेक्षणको दोस्रो चरण सुरु गर्न आह्वान गरेकै दिन  जर्मनीले तुरुन्तै डब्लूएचओलाई २६ करोड यूरो प्रदान गर्ने घोषणा गरेको थियो।

चीनले कहिल्यै पनि भाइरसको उत्पति सर्वेक्षणको विरोध गरेको छैन। चीनले विरोध गर्ने कुरा भाइरस उत्पति सर्वेक्षणलाई राजनीतिकरण हो। चीन सरकारले सधैँ वैज्ञानिक रूपमा भाइरसको उत्पति सर्वेक्षणलाई समर्थन गरेको छ। भाइरसको उत्पति सर्वेक्षण एउटा वैज्ञानिक कार्य हो,  राजनीतिकरण गर्नुहुँदैन र चीनमाथि मात्र लक्षित हुनुहुँदैन। यो कार्य वैज्ञानिकहरूले विश्वव्यापी रूपमा निरिक्षण तथा अनुसन्धान गर्नुपर्छ। यो चीनको धारणा हो। चीनको यो धारणालाई विश्वका अधिकांश देशहरुले पनि समर्थन गरेका छन्। विश्वव्यापी रूपमा भाइरस उत्पति सर्वेक्षण अनुसन्धानलाई समर्थन गर्न र त्यसको राजनीतिकरणको विरोध गर्न वर्तमान ५५ देशहरूले डब्लूएचओका महाप्रबन्धकलाई पत्र पठाएका छन्।