राष्ट्राध्यक्ष सी चिनफिङ र सिएरा लियोनका राष्ट्रपतिबीच दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान
2021-07-29 15:23:25CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २९ तारिख सिएरा लियोनका राष्ट्रपति जुलिउस माडा बिओलाई दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीयता दुई मुलुकले अर्थतन्त्र र सर्वसाधारणको जीवन क्षेत्रमा फलदायक सहकार्य गरेको बताउनुभयो।

राष्ट्राध्यक्ष सीले दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको ५०‌औं वार्षिकोत्सवलाई सुअवसरको रुपमा लिएर मित्रता र पारस्परिक विश्वासलाई सुदृढ पार्ने, व्यवहारिक सहयोगलाई सबल पार्ने, दुई मुलुकको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाउन जोड दिनुभयो।

यसै गरी सिएरा लियोनका राष्ट्रपति बिओले सिएरा लियोनले आफ्नो बधाई सन्देश चीनसँग दुई मुलुकको परम्परागत मित्रतालाई सुदृढ पार्ने, विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने बताउनुभयो।