विश्वमा विष छर्ने अमेरिकाले अरुहरुलाई बदनाम गर्ने काम रोक्नुपर्छ
2021-07-29 19:05:15CRI
Share with:

विश्वमा विष छर्ने अमेरिकाले अरुहरुलाई बदनाम गर्ने काम रोक्नुपर्छ_fororder_01

‘अमेरिकी राष्ट्रिय बैज्ञानिक प्रतिष्ठान प्रकाशन’ले हालै सार्वजनिक गरेको तथ्याङ्कले संसारलाई चकित पारेको छ। अमेरिकी बैज्ञानिकको अनुसन्धान अनुसार अमेरिकामा नयाँ कोरोना भाइरस संक्रमित जनसंख्या ६ करोड ५० लाख पुग्ने सम्भावना छ। विश्वको एउटै मात्र सुपर मुलुकले स्वदेशमा महामारीलाई नियन्त्रणमा राख्न नसकेको पुष्टि भएको छ। अमेरिका नै महामारी रोकथाम तथा नियन्त्रणको ग्लोबल लडाईमा एक कमजोर विभाग बनेको छ। वर्तमान अमेरिकी सरकारले प्रभावकारी तथा वास्तविक निकास नियन्त्रण उपाय लागू नगरेकाले नयाँ कोरोना भाइरस अमेरिकाबाट विश्वव्यापी रुपमा फैलिँदै छ।

सन् २०१९ मै अमेरिकामा नयाँ कोरोना भाइरस संक्रमित केस देखिएको थियो। तर अमेरिकी सरकारले राजनीतिक निजी स्वार्थमा उक्त कुरालाई लुकायो। चर्कँदै गएको महामारीका सामु अमेरिकी राजनीतिज्ञले स्वदेशी जनताका लागि जिम्मेवारी नलिनुका साथै विश्वका जनताको स्वास्थ्यलाई पनि ध्यान दिएको छैन। अमेरिकी सरकारी तथ्याङ्कका अनुसार सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्म हवाई र स्थलमार्गका माध्यमबाट विदेशतर्फ यात्रा गर्ने अमेरिकी नागरिकको संख्या २ करोड ३१ लाख ९५ हजार पुगेको छ। जसबाट विश्व नै अमेरिकाबाट संक्रमित शिकार बनेको छ।

विश्वमा विष छर्ने अमेरिकाले अरुहरुलाई बदनाम गर्ने काम रोक्नुपर्छ_fororder_02

विश्वमा विष छर्ने गतिविधि बन्द गरेर अमेरिकाले उचित विवेक र अन्तर्राष्ट्रिय जिम्मेवारी लिनुपर्छ।