अमेरिकाको राजनीतिक नियन्त्रण भाइरसका लागि सहयोगी हुँदै
2021-07-30 21:00:21cri
Share with:

अमेरिकाको राजनीतिक नियन्त्रण भाइरसका लागि सहयोगी हुँदै_fororder_IMG_6209(20210730-205914).JPG

५००३३२। यो विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अमेरिकाको गत हप्ता नयाँ थपिएको नयाँ कोरोना भाइसर संक्रमित जनसंख्या हो। उक्त अंक यसअघिको हप्ताभन्दा १३१.१७ प्रतिशतले बढेको देखिन्छ। जसबाट अमेरिका नै सोही हप्ता नयाँ थपिने संक्रमित केसको संख्या सबैभन्दा बढी भएको मुलुक बनेको छ। अमेरिकी सञ्चार माध्यमले आफ्नो राष्ट्रलाई“ग्लोबल पहिलो महामारी विरुद्ध मुलुक”को रुपमा साबित गरेको गतिविधि एक व्यंग्यात्मक पुष्टि पनि हो यो।

हाल डेल्टा उत्परिवर्तित भाइरस विश्वव्यापी गम्भीर रुपमा फैलिँदै गएको छ। मावन जाति र नयाँ कोरोना भाइरसबीचको लडाईँ निरन्तर जारी छ। तापनि ग्लोबल महामारी विरुद्धको नेतृत्व गर्न लागेको अमेरिकाले आफ्नो गतिविधिले भाइरसको फैलावटको एक सहयोगी सिर्जना गरिरहेको छ।

अमेरिकाको राजनीतिक नियन्त्रण भाइरसका लागि सहयोगी हुँदै_fororder_IMG_6210(20210730-205919).JPG

स्वदेशी महामारीलाई नियन्त्रणमा राख्न सकिँदैन भने जनताको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने?वर्तमान अमेरिकी सरकारले अघिल्लो सरकारको गतिविधिको उत्तराधिकार गर्दै भाइरसको स्रोत खोजी समस्यालाई राजनीतिकरण गर्दै निरन्तर रुपमा विश्व स्वास्थ्य संगठनलाई दवाब सिर्जना गर्दै गरिरहेको छ। जसले गर्दा भाइरस स्रोत खोजी कामलाई नियन्त्रण गर्ने उसको अभिप्राय छ।

अमेरिकाको उक्त गतिविधिको स्पष्ट लक्ष्य के हो भने आफ्नो गल्तीलाई चीनमाथि थोपर्ने।

राजनीतिक गतिविधिले भाइरसको नियन्त्रण गर्न सकिँदैन जसले अमेरिकी लगायत विश्वका जनतालाई अझ खतराजनक अवस्थामा पुर्‍याउने छ। विशेषज्ञको पूर्वानुमान अनुसार डेल्टा उत्परिवर्तित भाइरसबाट हुने महामारीको अवस्था भावी केही महिनामा अझ तिब्र गतिले चर्को हुनेछ। अमेरिकाको चर्को महामारी अवस्थाले अमेरिकी राजनीतिज्ञलाई एक चेतावनी दिएको छ। अन्यत्र जिम्मेवार सार्नुको सट्टामा नागरिकको ज्यान बचाउनु नै यो सर्वोच्च प्राथमिकता हो भन्ने कुरा अमेरिकाले बेलैमा थाहा पाउनुपर्छ।