सीपीसीको वर्तमान आर्थिक स्थितिसम्बन्धी अध्ययन बैठक
2021-07-30 18:39:20cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोले जुलाई ३० तारिख एक बैठकको आयोजना गरी वर्तमान आर्थिक स्थितिबारे विश्लेषण तथा अध्ययन गर्नुका साथै चालु वर्षको पछिल्लो ६ महिनाको आर्थिक कार्यको व्यवस्था गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकले यस वर्षयता चीनको आर्थिक अवस्था स्थिर रूपमा पुनर्रूत्थान भएको र चालु वर्षको उत्तरार्द्धमा समस्टिगत नीतिको निरन्तरता र स्थिरता कायम राख्नुपर्ने विचार लिएको छ। साथै बैठकले सुधारलाई बढाउने, उच्च स्तरीय खुलापनलाई कायम राख्ने र वेल्ट एन्ड रोडको उच्च स्तरीय विकासको संयुक्त रचना गर्न दृढ रूपमा बढाउने निर्णय पनि गरेको छ।  त्यसैगरी कार्बन तटस्थ कार्यलाई व्यवस्थित रूपमा चाल्ने र सन् २०३०अघि कार्बन उत्सर्जनलाई व्यवहारमा उतार्ने कार्यक्रमलाई छिटो तयार गर्ने जस्ता निर्णय पनि भएका छन्।