राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भानुआटुका राष्ट्रपति मोसेसलाई बधाई सन्देश
2021-07-30 14:21:03CRI
Share with:

जुलाई ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भानुआटु स्वतन्त्र भएको ४१औं वार्षिकोत्सवको अवसरमा राष्ट्रपति टालिस ओबेद मोसेसलाई    बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले ४१ वर्षयता भानुआटुको राष्ट्रिय विकास कार्यले ठूलो उपलब्धि हासिल गरेको तथा चीन र भानुआटुले संयुक्त रुपमा कोरोना भाइरस महामारीको प्रतिरोध गरेको र दुई मुलुकको मित्रता बलियो भएको उल्लेख गर्नुभएको छ। साथै सीले राष्ट्रपति मोसेससँग मिलेर चीन र भानुआटुबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तर रुपमा नयाँ उचाइ हासिल गर्न अगाडि बढाउने कुरामा जोड दिनुभयो।