थाइवान सम्बन्धी अमेरिकी प्रस्ताव आत्मरतिको खेल मात्र
2021-07-31 16:39:48cri
Share with:

थाइवान सम्बन्धी अमेरिकी प्रस्ताव आत्मरतिको खेल मात्र_fororder_IMG_6207(20210730-204808).JPG

अमेरिकी प्रतिनिधि सभाको कुटनीतिक सम्बन्ध समितिले हालै थाइवान सम्बन्धी एक प्रस्ताव पारित गरेको छ। सो प्रस्तावले थावानलाई “विश्व स्वास्थ्य सभाको पर्यवेक्षक पहिचान”पुनःदिनका लागि नीति बनाउने आग्रह छ। यो अमेरिकाका केही व्यक्तिहरुले महामारीको निहुँ लिँदै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नयाँ गतिविधि हो। अमेरिकाले थाइवान क्षेत्रको सत्तारुढ शक्तिसँग महामारीको निहुँमा थाइवान स्वतन्त्रता भन्ने लक्ष्यका लागि प्रयास गरेको यो गतिविधि चीन र अमेरिकाबीचको तीन बुँदे संयुक्त विज्ञप्ति,अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत नीतिलाई गम्भीर उल्लङ्खन गरेको छ। चीनले यसप्रति कडा विरोध गर्दछ।

थाइवान सम्बन्धी अमेरिकी प्रस्ताव आत्मरतिको खेल मात्र_fororder_IMG_6208(20210730-204813).JPG

सन् २०१७ देखि थाइवान क्षेत्रले पर्यवेक्षकको रुपमा विश्व स्वास्थ्य सभामा भाग लिनका लागि कुनै निमन्त्रणा पाएको छैन। यसको कारण के हो?थाइवान क्षेत्र चीनको एक अभिन्न भूभाग हो भने यसले अन्तर्राष्ट्रिय संगठनमा भाग लिने गतिविधि एक चीनको सिद्धान्तको आधारमा हुनुपर्छ। यो संयुक्त राष्ट्र संघीय महाधिवेशनको नम्बर २७५८ र विश्व स्वास्थ्य सभाको नम्बर २५.१ निर्णय प्रस्तावको आधारभूत सिद्धान्त हो।

थाइवान मामिलामा अमेरिकाले गरेको खतरनाक उत्तेजनाले थाइवान क्षेत्रलाई गम्भीर कठिन अवस्थामा पुर्‍याएको छ। थाइवान इन्टर्नेट प्रयोगकर्ताले लेखेका छन्:अमेरिकाको उक्त गतिविधि थाइवानलाई एक टुक्राको रुपमा लिँदै चीनको विरोध गरेको हो तापनि यस टुक्राको भाग्य कस्तो हुनेछ भन्ने कुरा अमेरिकाले ख्याल गरेको छैन।

थाइवान समस्या चीनको केन्द्रीय हितसित सम्बन्धित छ। कुनै पनि व्यक्तिले चिनियाँहरुद्वारा राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने द्दढ अठोट तथा शक्तिलाई कम मूल्याङ्कन गर्नु हुँदैन।