चीनका छिमेकी मुलुकमा अमेरिकाको लाजमर्दो कुटनीतिक गतिविधि
2021-08-01 20:33:40cri
Share with:

चीनका छिमेकी मुलुकमा अमेरिकाको लाजमर्दो कुटनीतिक गतिविधि_fororder_IMG_6252(20210801-200004).JPG

हाल केही अमेरिकी अधिकारीहरुको चीन र चीनका छिमेकी मुलुकको भ्रमण सम्पन्न भएको छ। चीनकै ढोका अगाडि कथित इण्डो प्यासिफिक रणनीतिको प्रवर्द्धन गर्दै चीनको विरोधका लागि एक चक्कर लगाउने अमेरिकाको कुचेष्ठा स्पष्ट देखिन्छ।

अमेरिकी उप विदेशम्नत्री वेण्डी शेर्मनले चीनको भ्रमणका क्रममा अमेरिकाद्वारा चीनको विकासलाई बाधा सिर्जना नगरेको बताउनु भएको थियो। तापनि वर्तमान अमेरिकी सरकारमा दक्षिण पूर्वी एशियाको भ्रमण गरेका पहिलो गृह मन्त्रीका सदस्यको रुपमा अस्टिनले सिंगापुरको एक मञ्चमा दक्षिण चिनियाँ सागर,थाइवान,सिन्च्याङ आदि समस्यामा सेतोलाई कालो बनाउने प्रयास गर्नु भएको छ। यसपछि उहाँको भियतनाम र फिलिपिन्स भ्रमणबाट अमेरिकाले चीनको विरोध गर्न दक्षिण पूर्वी मुलुकको शक्ति जित्ने कुचेष्ठा गरेको देखिन्छ।

चीनका छिमेकी मुलुकमा अमेरिकाको लाजमर्दो कुटनीतिक गतिविधि_fororder_IMG_6251(20210801-200000).JPG

भारत जापान जस्तै चीन परिवपरीका ठूला मुलुकबाहेक अमेरिकाले मध्य मैदान लिने अन्य दक्षिण पूर्वी एशियाली मुलुकमा अझ बढी सैनिक तथा राजनीतिक स्रोत पुर्‍याएको छ। साथै अमेरिकी विदेश मन्त्री ब्लिङ्किनले भारतमा “साझा क्षेत्रीय सुरक्षित हित”भन्ने नारा प्रचारप्रसार गर्दै इन्डो प्यासिफिक रणनीति र “चार मुलुक संयन्त्र”को चौतर्फी प्रवर्द्धन गर्ने प्रयास गर्नु भएको छ।

चीन र छिमेकी मुलुकबीचको सम्बन्ध समष्टिगत रुपमा राम्रो देखिन्छ। शान्ति तथा विकास नै यी मुलुकबीचको साझा चाहना हो। चीनले आशियाद्वारा प्रस्तुत क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौताको अनुमोदन गर्दै सकेसम्म आशियान मुलुकलाई नयाँ कोरोना भाइरस खोप प्रदान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ। चीनले वास्तविक गतिविधिले असल छिमेकी असल मित्रता र असल साझेदारीको व्याख्या गर्दछ। अमेरिकाले चीन र वरिपरीका मुलुकबीचको सम्बन्धलाई खतरा बनाउने कुचेष्ठा विफल हुन आवश्यक छ।