#समाचार सन्दर्भ#ओलम्पिक पदक तालिकाको हेरफेर जस्तै अमेरिकाले महामारी पनि हेरफेर गर्दैछ
2021-08-01 16:45:07CRI
Share with:

#समाचार सन्दर्भ#ओलम्पिक पदक तालिकाको हेरफेर जस्तै अमेरिकाले महामारी पनि हेरफेर गर्दैछ_fororder_01

तपाईँले सोच्नु भएको छैन होला, अमेरिकाले अनौठो तरिकामार्फत ओलम्पिक पदक तालिकाको हेरफेर गर्दैछ। जुलाइ २८ तारिख अस्ट्रेलिया न्यूज साइटको रिपोर्टले यस्तो भनेको छ।

हाल टोकियोमा ओलम्पिक खेलकुद भइरहेको छ। खेलकुदको उपलब्धि देखाइने पदक तालिकाले सबैको ध्यान तानेको छ। नियमअनुसार, पदक तालिका स्वर्ण पदक संख्याको आधारमा र्‍याङकिङ भएको हो। यो भनेको पदक तालिकाको र्‍याङकिङ स्वर्ण पदकको संख्याबमोजिम निर्णय हुने गर्छ। यदि स्वर्ण पदकको संख्या बराबर भयो भने रजत पदक अनि पछि कांस्य पदकको संख्याबमोजिम र्‍याङकिङ गरिन्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिलगायत विभिन्न मुलुकले पनि मुख्यतः उक्त नियमबमोजिम र्‍याङकिङ गर्छन्। तर अमेरिकाले पदकको कूल संख्याबमोजिम र्‍याङकिङ गरेको छ। यसरी नै तत्काल तेस्रो स्थानमा बसेको अमेरिकालाई पहिलो स्थानमा राखिएको छ। नेटिजनले भनेका छन् कि उनीहरू हेरफेर गर्न निकै सिपालु छन् जबसम्म उनीहरुको षढयन्त्रको पर्दाफास हुँदैन।

मेरो विचारमा गतिबिधि हेरफेर गर्न उनीहरू सिपालु मात्रै होइन तर उनीहरुमा त्यस्तो बानी नै परेको छ। किनभने उनीहरूसँग प्रभूत्व लाध्ने धारण छ। त्यसो कारणले महामारीलगायत विश्वव्यापीका सबै मामिलामा अमेरिकाको हस्तक्षेप र हेरफेर देखिँदै आएको छ।

#समाचार सन्दर्भ#ओलम्पिक पदक तालिकाको हेरफेर जस्तै अमेरिकाले महामारी पनि हेरफेर गर्दैछ_fororder_02

महामारी फैलिएको सुरूमा डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञले सर्वसाधारणको डर, आर्थिक ह्रास र मूल्य बृद्धि हुन प्रतिरोध गर्दै महामारी संकटलाई कम देखाएबाट अमेरिकामा महामारी ठूलो मात्रामा फैलिएको देखिन्छ। त्यतिखेर अमेरिकी सरकारसँग महामारी नियन्त्रण गर्ने क्षमता देखिएन। त्यसपछि अमेरिकाले महामारी नियन्त्रण विफल भएको जिम्मेवारीलाई चीनमाथि मोड्ने प्रयास गरी भाइरस चीनबाट निस्किएको निन्दा गर्न थालेको छ। फलस्वरुप अमेरिकाको महामारी नियन्त्रण कार्य कठिन अवस्थामा पुगेको छ र संक्रमण संख्या ३ करोड ४० लाख र मृत्यु संख्या ६ लाख नाघेर दुःखपूर्ण मूल्य चुकाउँदैछ।

बाइडेन सरकार आएपछि आफ्नो गल्ती सुधार नगरी चीनलाई तथाकथित दोस्रो चरणको भाइरस स्रोत खोजी कार्य चलाउन विश्व स्वास्थ्य संगठनलाई दवाव दिन थालेको छ। त्यस्तो स्पष्ट राजनीतिक हेरफेरले विभिन्न सरकार तथा लोक क्षेत्रबाट सामूहिक विरोध आएको छ। ५५ वटा मुलुकले भाइरस स्रोत खोजी कार्यलाई राजनीतिकरण बनाएकोमा विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई सन्देश पठाएका छन। साथै जुलाई २६ तारिख सीजीटीएन थिङ्क थ्याङ्कले सार्वजनिक गरेको जनमत रिपोर्टका अनुसार, विश्वका ८० प्रतिशत नेटिजनले भाइरस स्रोत खोजी कार्य राजनीतिकरण बनाइएको विचार लिएका छन्।

ती नेटिजनले भने झैँ अमेरिकीहरु तथ्यलाई हेरफेर गर्न निकै सिपालु छन् जबसम्म उनीहरु पक्राउ पर्दैनन्। ओलम्पिक पदकको तालिका जस्तै हो महामारी पनि। अमेरिकाले अनौठो हेरफेर रोकेर विश्वलाई तथ्य देखाउनुपर्छ।