डब्लुएचओ अमेरिकाको राजनीतिक उपकरण बन्नु हुँदैन
2021-08-02 21:00:55cri
Share with:

डब्लुएचओ अमेरिकाको राजनीतिक उपकरण बन्नु हुँदैन_fororder_世卫组织1

केही दिनअघि अमेरिकी विदेश मन्त्री ब्लिङ्कनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोससँगको भेटघाटका क्रममा अमेरिकाले डब्लुएचओलाई चीनमा अझ बढी भाइरस श्रोत अनुसन्धानका लागि अन्तर्राष्ट्रिय समुदाय एकीकृत हुनुपर्ने कुरा बताउनुभयो।  

सबैलाई थाहा छ, मन्त्री ब्लिङ्कनको तथाकथित "समर्थन"  डब्लुएचओको प्रयोग गरेर चीनमाथि हिलो छ्याप्नु हो।  

कोभिड-१९ महामारी फैलिए यता, डब्लुएचओप्रति अमेरिकाको दृष्टिकोणबाट अन्तर्राष्ट्रिय महामारी विरोधी सहकार्यको वेवास्ता र चिसो रगत देख्न सकिन्छ। गत वर्षको मेमा विश्वव्यापी महामारीको फैलावट जोखिम बढ्ने क्रममा तत्कालीन अमेरिका सरकार डब्लुएचओबाट अलगियो। वर्तमान अमेरिका सरकार डब्लुएचओमा फर्केपछि  यो देशले खोप भण्डारण गरेर स्वदेशलाई प्राथमिकता राख्नुका साथै" प्रयोगशालाबाट भाइरसको चुहावट"भन्ने धारणा प्रचारप्रसार गरेर चीनमाथि आक्रमण गरिरहेको छ।  जसबाट "बहुपक्षीयता" को झण्डामा डब्लुएचओमा फर्केर निरन्तर रूपमा उक्त संगठनको राजनीतिक नियन्त्रण गर्ने उद्देश्य स्पष्ट देखिन्छ।

डब्लुएचओ अमेरिकाको राजनीतिक उपकरण बन्नु हुँदैन_fororder_世卫组织2

"प्रयोगशालाबाट भाइरसको चुहावट"मार्फत् चीनमाथि आक्रमण गर्ने अमेरिकी राजनीतिक कुचेष्टा विश्वव्यापी वैज्ञानिक समुदायबाट कडा निन्दा गरिएको छ। स्विट्जरल्याण्डको बर्नका जीवविज्ञ विल्सन एडवर्ड्सले टिप्पणी  गर्दै  डब्ल्यूएचओमा अमेरिकाको पुनरागमनले उक्त विश्व संस्थामा भूराजनीतिक प्रतिस्पर्धा ल्याएको कुरा बताउनुभएको छ।

केही अमेरिकी राजनीतिज्ञहरुले सधैं "नियम" भन्छन्। तर यदि अमेरिकाले नियमको पालना गराउन खोज्छ भने डब्लुएचओका विशेषज्ञहरुलाई आफ्नै फोर्ट डेट्रिक प्रयोगशाला र विदेशमा अरू करिब २०० जैविक प्रयोगशालामा अनुसन्धान गर्न निमन्त्रणा गर्दैन? यदि अमेरिकाले साँच्चै "प्रमाण र पारदर्शिता" को नियम पालना गरेमा  महामारीको प्रारम्भिक डाटा प्रकाशित गर्नुपर्छ र केही शंकास्पद गतिविधिको व्याख्या गर्नुपर्छ।

अमेरिकी नियम अन्तर्राष्ट्रिय नियम  होइन, र अमेरिकी मापदण्डहरु डब्लुएचओको मापदण्ड पनि होइनन्। वर्तमान महामारीको रोकथाम र नियन्त्रण अवस्था जटिल र गम्भीर छ। डब्लुएचओले विज्ञानको भावनामा अझै अडिग रहनुपर्छ र राजनीतिक दबाबमा झुक्नबाट अस्वीकार गर्नुपर्छ। विश्वव्यापी महामारीको उचित प्रतिरोध र वैज्ञानिक उत्पतिस्थलको वास्तविकता पत्ता लगाउने कुरा सुनिश्चित गर्नका लागि  अन्तर्राष्ट्रिय जगतले अमेरिकाको राजनीतिक नियन्त्रण रोक्नुपर्छ।