डब्लुएचओले अमेरिकाको जाँच गर्नुपर्ने जनमत
2021-08-03 19:00:05cri
Share with:

डब्लुएचओले अमेरिकाको जाँच गर्नुपर्ने जनमत_fororder_民意如潮1

हाल चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीअन थिंक ट्याँकले संयुक्त राष्ट्र संघका ६ वटा सरकारी भाषामार्फत् विश्वव्यापी नेटिजेन्सलाई प्रश्नावली प्रकाशित गरेको छ। नतिजाका अनुसार ८३.१ प्रतिशत नेटिजेन्सले डब्लुएचओले अमेरिकामा गएर भाइरस उत्पत्ति सर्वेक्षण गर्नुपर्नेमा समर्थन गरेका छन्। अमेरिकामा प्रारम्भिक रोगी पत्ता लगाइने समय क्रमशः छिटै पारेको, फोर्ट डेट्रिक प्रयोगशालाको बन्दपछि अस्पष्ट श्वासप्रश्वास रोग उत्पन्न भएको, उत्तरी क्यारोलिना विश्वविद्यालयको प्रयोगशालामा धेरैपटक कोरोना भाइरसको सुरक्षा घटना भएको जस्ता कुराले अमेरिकामा महामारीसम्बन्धी शंका क्रमशः बढिरहेको छ।

विशेष गरी इजरेल टाइम्सलगायत सञ्चार माध्यमको जानकारीअनुसार, सन् २०१९ नोभेम्बर अमेरिकी सैन्यले इजरेल तथा नेटोसँग सूचना बाँड्दै कोरोना महामारी फैलनसक्ने भविष्यवाणी गरेको थियो। त्यसमा चिनियाँ वुहानबारे उल्लेख थियो। त्यसैले रूसी सञ्चार माध्यमले अमेरिकी सेनाको उक्त सूचनाबाट कोभिड-१९को उत्पत्ति सन् २०१९ अक्टोबर विश्व सैन्य खेलकुदमा अमेरिकी प्रतिनिधि मण्डलले भाइरस वुहानमा पुर्याएको धारणासँग अनुकूल भएको जानकारी दिएको छ।

 डब्लुएचओले अमेरिकाको जाँच गर्नुपर्ने जनमत_fororder_民意如潮2

राजनीतिक उद्देश्यबाट अमेरिकी जासुसी विभागले नयाँ कोरोना भाइरसको उत्पत्तिको जाँच गरेको हो कि भन्ने प्रश्नबारे युट्यूबमा फ्रान्सेली भाषा बोल्ने ८४ प्रतिशत नेटिजेन्सले समर्थन दिएका छन्। रूसको सबैभन्दा ठूलो सामाजिक सञ्जाल साइटमा ९१.८६प्रतिशत रूसी भाषीहरूले पनि समर्थन दिएका छन्।

महामारी फैलिएयता एशियाली समूहमाथि भेदभाव तथा हिंसा बढेको छ कि भन्ने प्रश्नबारे ८८ प्रतिशतभन्दा बढीले समर्थन जनाएका छन्।