#अल्पसंख्यक जाति# सछ्वान-तिब्बत रेल तिब्बती सर्वसाधारण धनी बन्न सहयोगी
2021-08-03 10:10:41cri
Share with:

#अल्पसंख्यक जाति#  सछ्वान-तिब्बत रेल तिब्बती सर्वसाधारण धनी बन्न सहयोगी_fororder_3

“फुसिङ” रेल तिब्बत पुगिसक्यो! जुन २५ तारिख ल्हासा-लिन्ची रेलमार्ग औपचारिक रूपमा संचालनमा ल्याइएको छ जुन चीनको पठारभूमिमा पहिलो विद्युतीय रेलमार्ग हो।

चेकको एक अनलाइन एसी २४ डटकमका टिप्पणीकार कारेल पावलिचेकले तिब्बतको रेलमार्ग विकासबारे लेख प्रकाशित गर्नुभएको छ।

ठूलो आधारभूत प्रबन्धको निर्माण र सम्बन्धीत् लगानीबाट ल्याइने वाणिज्य तथा रोजगार मौकाले क्षेत्रीय आर्थिक तथा सामाजिक समृद्धिलाई बढाउने मानव सभ्यता इतिहासमा पुष्टि गरिएको प्रभावकारी विकास मोडेल हो।

आधारभूत प्रबन्धको निर्माण चिनियाँ विकासको मुख्य प्रेरक शक्तिहरूमध्येको एक हो। हाल यी आधारभूत प्रबन्धको निर्माण मुख्यतः चीनको कम विकसित क्षेत्र वन ग्रामीण क्षेत्रमा भइरहेका छन्। स्थानीय प्राकृतिक तथा भौगोलिक शर्तका कारणले केही परियोजनाको निर्माणमा धेरै कठिनाइ भेटेका छन्। तिब्बत अवश्य यस्तो क्षेत्र हो।

तिब्बती बासिन्दालाई पूर्वी समुद्रतटवर्ती विकसित क्षेत्रका बासिन्दा सरह समान राम्रो जीवनका लागि ठूलो मात्राको आधारभूत प्रबन्धको निर्माण गर्नुपर्छ। त्यसैले हाल धेरै परियोजना जारी छन्। उदाहरणका लागि तिब्बतका शहरका मुख्य क्षेत्रहरू ५ जी नेटवर्कबाट ढाँकिएको छ।

हिमालय पहाडी क्षेत्रमा राजमार्गको निर्माण ज्यादै गाह्रो र महंगो परियोजना हो। त्यसभन्दा अझै गाह्रो आधुनिक रेलमार्गको निर्माण हो। तिब्बतमा पहिलो रेलमार्ग छिङहाई-तिब्बत रेलमार्ग सन् २००६ जुलाइदेखि सञ्चालनमा आएको थियो। यो विश्वमा समुद्री सतहमाथि सबैभन्दा अग्लो उचाइ र रेलमार्गको लम्बाइको आधारमा सबैभन्दा लामो पठारभूमिमा रहेको रेलमार्ग हो। त्यसपछि तिब्बतमा प्रवेश गर्ने रेलमार्गको परियोजना तथा निर्माण रोकिएको छैन। यातायात तिब्बतको आर्थिक तथा सामाजिक विकास र जनजीवनको सुधारलाई रोक्ने केन्द्रिय विषय हो। चीन सरकारले यसबारे पूर्ण रूपमा ठहर लिएको छ। सन् २०२१ जुनमा चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा तिब्बत स्वायत्त प्रदेशमा पहिलो विद्युतीय रेल सञ्चालन पनि भएको छ।

यो दक्षिण-पूर्वी तिब्बती शहर लिन्चीबाट ल्हासासम्मको रेलमार्ग सछ्वान-तिब्बत रेलको महत्वपूर्ण भाग पनि हो। यो रेलमार्गले तिब्बतको दक्षिण-पूर्वी क्षेत्रमा रेल नभएको इतिहासको अन्त गरेको छ।

यो रेलमार्गमा आवतजावत हुने “फुसिङ” रेल चीनबाट स्वतन्त्रित रूपमा अनुसन्धान र विकास गरिएको आधुनिक विद्युतीय उच्च गतिको रेल हो।

उक्त रेलको गति १६०किमी प्रतिघण्टा छ। चिनियाँ उच्चगति रेलको सर्वोच्च गतिको तुलनामा द्रुत होइन। तर कठिन र जटिल पहाडी क्षेत्रमा यस्तो गति पनि छिटो हो। पठारभूमिको पहाडी क्षेत्रमा रेलको निर्माण गर्न रेल मात्र नभई सुरूङ र पुल पनि चाहिन्छ। पूरै रेलमार्गमा कुल ४७ सुरूङ र १२१ पुल छन्।

हाल यो रेलमा ल्हासा, शाननान, शिगाचेलगायत नौ स्टेशन छन्।

सबैलाई थाहा छ, वर्तमान चीनको रेल विश्वको अग्र स्थानमा रहनुका साथै तीव्र गतिले विकासित हुँदैछ। रेलले तिब्बती जनतालाई फाइदा पुर्याउनुका साथै क्षेत्रीय समृद्धि र ग्रामीण विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।