भाइरस श्रोत खोजीमा अमेरिकी राजनीतिज्ञले लाद्न खोजेको आतंक
2021-08-04 21:02:12cri
Share with:

भाइरस श्रोत खोजीमा अमेरिकी राजनीतिज्ञले लाद्न खोजेको आतंक_fororder_危害全球2

अमेरिकी तल्लो सदन वैदेशिक मामिला समितिका रिपब्लिकन पार्टीका प्रथम सदस्य माइकल म्याकाउलले अगष्ट २ तारिख सार्वजनिक गरेको प्रतिवेदन बमोजिम, कोभिड भाइरस सन् २०१९को सेप्टेम्बरअघि वुहान भाइरस अनुसन्धानालयबाट चुहेको उल्लेख गरेका छन्। माइकलको कथित प्रतिवेदन नै झूटो कुरा र बंग्याइएको विषय आधारित भएको र अविश्वसनीय र विज्ञान विपरीत छ।

चालू वर्ष विश्व स्वास्थ्य संगठन तथा चीनको संयुक्त छानबिन टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा कोभिड भाइरस चिनियाँ प्रयोगशालाबाट चुहेको हुनसक्ने सम्भावना सानो भएको जनाएपछि केही अमेरिकीले चीनमाथि हिलो छ्याप्दै जबर्जस्ती प्रयोगशालाबाट चुहेको भनाइको विस्तार गर्दै आएका छन्। उनीहरूको यस्ता नैतिकता विहीन, विज्ञान तथा सत्य विपरीत गतिविधिहरू विश्वमा भाइरस श्रोतको खोजीमा आतंकवाद मच्चाएजस्तै गरिरहेको छ। यसै क्रममा चीनमा भाइरस उद्गम खोजीको दोस्रो चरण अनुसन्धान गर्नको लागि अमेरिकाले विश्व स्वास्थ्य संगठनमाथि दबाव दिइरहनुका साथै पेशागत भावना बोक्ने वैज्ञानिकहरूमाथि पनि दबाव दिइरहेको छ जसबाट विश्वव्यापी जनआक्रोश उठाइएको छ।

भाइरसको उद्गमको खोजी गर्दा विज्ञानको आदर गर्नुपर्छ र राजनीतिकरण गर्नुहुँदैन। अमेरिकाले गरिरहेको भाइरस श्रोतको खोजीको आतंकले विश्वलाई क्षति पुर्याइरहेको छ।

भाइरस श्रोत खोजीमा अमेरिकी राजनीतिज्ञले लाद्न खोजेको आतंक_fororder_危害全球1

एकातिर यस्ता गतिविधिको वास्तविकता विश्व वैज्ञानिक क्षेत्रमा कोभिड भाइरसको उद्गम खोजीमा बाधा पुर्याउँदै मानवजातिले वैज्ञानिक हतियारबाट महामारीलाई जित्ने प्रक्रियामा समस्या उठाएको छ जुन अमेरिकी लगायत विश्वका जनताको लागि गैर-जिम्मेवारीपूर्ण कार्वाही हो।

अर्कातिर केही अमेरिकी राजनीतिज्ञहरूले चीन लगायत एशियाली मुलुकलाई कोभिड भाइरसको उद्गमसँग जोड्न खोजिरहेका छन् जसबाट अमेरिका लगायतका पश्चिमी मुलुकमा एशियाली विरोधी भावनालाई उत्तेजित पारेर जातियता र विभेदलाई चर्को पारिएको छ।

अगष्ट २ तारिख विश्वका १०० वटा मुलुक तथा क्षेत्रका ३०० वटा राजनैतिक दल, सामाजिक संगठन तथा थिङ्कट्याङ्कले विश्व स्वास्थ्य संगठनको सचिवालयसमक्ष ‘संयुक्त वक्तव्य’ पेश गरे र विश्व स्वास्थ्य संगठनले विश्वमा कोभिड भाइरस उद्गम खोजी अनुसन्धानलाई निष्पक्ष र न्यायोचित रूपमा गर्न आह्वान र उद्गम खोजीलाई राजनीकिकरण नगर्न कडा रूपमा संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ। यो नै विश्वका जनताको साझा आवाज हो। उद्गम खोजी आतंकवाद मच्चाइरहेको अमेरिकी राजनीतिज्ञहरूले गलत बाटोमा राजनैतिक हेरफेर गर्न खोज्दै गएमा अन्तर्राष्ट्रिय समाजको जनमतको ठूलो आवाजको सामना गर्नुपर्नेमा शंका छैन।