राष्ट्राध्यक्ष सी चिनफिङ तथा टर्कीका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान #चिनियाँराष्ट्राध्यक्ष
2021-08-04 16:13:26cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र टर्कीका राष्ट्रपति रिसेप एर्डोगानले दुई देश बीचको दौत्य सम्बन्ध कायम भएको ५० औँ वार्षिकोत्सवको अवसरमा एकले अर्कालाई शुभकामना सन्देश पठाउनु भएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले दौत्य सम्बन्ध कायम भएको ५० वर्षयता चीन र टर्कीबीचको सम्बन्ध स्थिर रूपमा विकसित हुँदै आएको औंल्याउनुभएको छ। दुई देशको दौत्य सम्बन्ध कायम भएको ५० औं वार्षिकोत्सवको सुअवसरमा राष्ट्रपति एर्डोगानसँग मिलेर दुई देश र दुई देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

 

यसै गरी, राष्ट्रपति एर्डोगानले आफ्नो सन्देशमा टर्की चीन सम्बन्धको आपसी हितयुक्त विकास हुने जग राम्रो रहेको भन्दै टर्कीले द्विपक्षीय सम्बन्धको विकासमा उच्च महत्व दिनुका साथै निरन्तर रूपमा दुई देश बीचको रणनीतिक सहकार्यलाई अघि बढाउँदै जाने बताउनुभएको छ।