चीनका सिन्क्रोनाइज्ड पौडी खेलाडीद्वारा “सर्प नाच” मार्फत रजत पदक हासिल
2021-08-05 10:19:25cri
Share with:

चीनका सिन्क्रोनाइज्ड पौडी खेलाडीद्वारा “सर्प नाच” मार्फत रजत पदक हासिल_fororder_花样1

अगष्ट ४ तारिख टोकियो ओलम्पिक खेलकुदमा सिन्क्रोनाइज्ड पौडीअन्तर्गत दुइजनाको स्वतन्त्र छनौट फाइनलमा ह्वाङ स्युएछ्न र सुन वनयेनको चिनियाँ समूहले “सर्प” शीर्षकको खेल प्रदर्शन गरी रजत पदक जितेको छ। साथै उनीहरूले रियो ओलम्पिक खेलकुदमा आफैंद्वारा सिर्जना गरिएको चिनियाँ सिन्क्रोनाइज्ड पौडीअन्तर्गत दुईजनाको खेलमा ऐतिहासिक किर्तिमान पनि कायम राखेका छन्। रूसी ओलम्पिक परिषद् समूहले त्यस खेलको स्वर्ण पदक जितेको छ।

चीनका सिन्क्रोनाइज्ड पौडी खेलाडीद्वारा “सर्प नाच” मार्फत रजत पदक हासिल_fororder_花样3

चिनियाँ समूहमध्येकी ३१ वर्षिया ह्वाङ स्युएछ्नलाई “आमा खेलाडी” भनिन्छ। उनले अघिपछि गरी ४ पटकको ओलम्पिक खेलकुदमा जम्मा ६ वटा पदक जितिसकेकी छिन्।

चीनका सिन्क्रोनाइज्ड पौडी खेलाडीद्वारा “सर्प नाच” मार्फत रजत पदक हासिल_fororder_花样2