१८औं चीन आशियान एक्स्पो क्वाङ सीमा हुने
2021-08-05 09:49:45cri
Share with:

१८औं चीन आशियान एक्स्पो क्वाङ सीमा हुने_fororder_src=http___picnew8.photophoto.cn_20140910_dongmengbolanhuibiaozhitupian-04270963_1&refer=http___picnew8.photophoto

१८औं चीन आशियान एक्स्पो र चीन आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन आउने नोभेम्बर १० बाट १३ तारिखसम्म चीनको क्वाङ सीको नान निङ शहरमा आयोना हुने भएको छ। “नयाँ भूमिगत तथा समुद्री च्यानलको नयाँ अवसरको संयुक्त उपभोग गर्दै चीन आशियान भाग्य समुदायको संयुक्त निर्माण गर्नु” भन्ने मुख्य विषय लिएको यस सम्मेलनले निरन्तर रुपमा“वास्तविक सामग्री प्रदर्शनी तथा अनलाइन प्रदर्शनी”गरी दुवै तरिका प्रयोग गर्ने छ।

क्वाङ सी च्वाङ जातिय स्वायत्त प्रदेशका उपाध्यक्ष ल्यु हुङ उले पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार १८ वर्षसम्मको निरन्तरता तथा विकासबाट चीन आशियान एक्स्पो र चीन आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन चीन र आशियानबीचको महत्वपूर्ण खुला सहयोग मञ्च बनेको छ। यसले नयाँ विकास प्रारुपको निर्माणमा सकारात्मक भूमिका सिर्जना गरिरहेको छ। यस एक्स्पोले नयाँ विशेषता स्पष्ट देखाउने छ।

यस एक्स्पोले नयाँ भूमिगत तथा समुद्री च्यानल,आशियान उन्मुख वित्तिय खुला ढोका,क्वाङ तुङ-हङकङ-मकाओ खाडी क्षेत्र सहयोग आदि विशेष प्रदर्शनी क्षेत्रलाई जोड दिने छ। साथै चीन आशियान बहु माध्यम संघीय मञ्चको आयोजना हुने छ। उत्पादन क्षमता,डिजिटल अर्थतन्त्र,वैज्ञानिक प्रविधि,वातावरणको संरक्षण आदि क्षेत्र समेटिएका २७ उच्च स्तरीय मञ्चको आयोजना हुने छ।

यो वर्ष चीन आशियानबीच संवाद सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव पनि हो। तीस वर्षयता यी दुवै पक्षबीचको व्यापारिक परिमाण ८५ गुणाले बढेको छ। सन् २०२०मा आशियान चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदारी बनेको छ। चीनले लगातार १२ वर्षदेखि आशियानको पहिलो ठूलो व्यापारिक साझेदारीको स्थान लिँदै आएको छ। चालू वर्षको पूर्वार्धमा चीन र आशियानबीचको व्यापार द्रुत गतिले अर्थात् ३८.२ प्रतिशतले बढेको छ।

चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समितिका उपप्रमुख चाङ शाओ काङका अनुसार यस महत्वपूर्ण अवधिमा १८औं चीन आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनको सफल संयोजनले नयाँ परिस्थितिमा चीन र आशियानका उद्योग वाणिज्य क्षेत्रबीचको प्रभावकारी सहयोगलाई मजबुत बनाउनका लागि सक्रिय प्रवर्द्धन भूमिका सिर्जना गर्ने छ।

चीन र आशियानबीचको भावी सहयोगको महत्वपूर्ण विषयको सम्बन्धमा चीन वाणिज्य मन्त्रालयका सहायक मन्त्री रुन हुङ पिनले जानकारी दिनुभएअनुसार महामारीको रोकथाम सम्बन्धी सहयोग र क्षेत्रीय अर्थतन्त्रको एकीकरणको प्रवर्द्धनबाहेक व्यापार तथा लगानी सहयोगलाई लगातार विस्तार गर्ने छ। चीनले निरन्तर रुपमा आशियानबाट श्रेष्ठ कृषि उत्पादन वस्तुको आयातलाई विस्तार गर्नुका साथै आशियानका लागि चिनियाँ व्यवसायको लगानीलाई समर्थन दिँदै जाने छ।