#समाचार सन्दर्भ# महामारी हेरफेर गर्ने अमेरिकाको “कालो हात” जताततै देखिन्छ
2021-08-05 16:01:01CRI
Share with:

#समाचार सन्दर्भ# महामारी हेरफेर गर्ने अमेरिकाको “कालो हात” जताततै देखिन्छ_fororder_01

हाल कोभिड-१९ महामारी फैलिरहेको छ। नयाँ परिवर्तित भाइरसले विश्वमा नयाँ चुनौती थपेको छ। तर भाइरसभन्दा अझ ठूलो चुनौती अमेरिकाको “कालो हात” हो।

महामारीको सुरूमा डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञले सर्वसाधारणको डर, आर्थिक ह्रास र मूल्य वृद्धिको प्रतिरोध गर्दै महामारी संकटलाई कम आङ्कलन गरेबाट अमेरिकामा महामारी ठूलो मात्रामा फैलिएको देखिन्छ। त्यतिखेर अमेरिकी सरकारसँग महामारी नियन्त्रण गर्ने क्षमता देखिएन। त्यसपछि अमेरिकाले महामारी नियन्त्रण विफल भएको अवस्थालाई चीनमाथि मोड्ने प्रयास गरी भाइरस चीनबाट उत्पन्न भएको भन्दै निन्दा गर्न थालेको छ। फलस्वरुप अमेरिकाको महामारी नियन्त्रण कार्य कठिन अवस्थामा पुगेको छ र संक्रमण संख्या ३ करोड ४० लाख र मृतकको संख्या ६ लाख नाघेर दुःखदपूर्ण मूल्य चुकाउँदैछ।

बाइडेन सरकार आएपछि पनि आफ्नो गल्ती सुधार नगरी चीनलाई तथाकथित दोस्रो चरणको भाइरस स्रोत खोजी कार्य चलाउन विश्व स्वास्थ्य संगठनलाई दबाव दिन थालेको छ। त्यस्तो स्पष्ट राजनीतिक हस्तक्षेपका कारण विभिन्न सरकार तथा सर्वसाधारणले सामूहिक विरोध गरेको छ। ५५ वटा मुलुकले भाइरस स्रोत खोजी कार्यलाई राजनीतिकरण गरेकोमा विरोध गर्दै विश्व स्वास्थ्य संगठनलाई सन्देश पठाएका छन्। साथै जुलाई २६ तारिख सीजीटीएन थिङ्क थ्याङ्कले सार्वजनिक गरेको जनमत रिपोर्टका अनुसार, विश्वका ८० प्रतिशत नेटिजनले भाइरस स्रोत खोजी कार्य राजनीतिकरण बनाइएको विचार लिएका छन्।

#समाचार सन्दर्भ# महामारी हेरफेर गर्ने अमेरिकाको “कालो हात” जताततै देखिन्छ_fororder_03

तर अमेरिकाले एकातिर चीनलक्षित भाइरस स्रोत खोजी कार्यलाई बढाइरहेको छ र अर्कोतिर स्वदेशमा देखिएको प्रारम्भिक संक्रमण केस र जीवविज्ञान प्रयोगशालाको शंकाबारे चर्चा नगरेबाट सबैलाई अमेरिकाप्रति शंका लागेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्येनले निम्न तथ्य पनि देखाउनुभएको छ: सन् २०१९को जुलाईमा भर्जिनिया राज्यमा थाहा नभएको श्वास रोगहरु देखिएको थियो, विस्कान्सिन राज्यमा ठूलो मात्रामा ई-चुरोटका कारण रोग देखिएको थियो, फोर्ट डेट्रिक नजिकका दुई नर्सिङ होममा थाहा नभएको श्वास रोग देखिएको थियो। सन् २०१९ को सेप्टेम्बर मेरील्याण्ड राज्यमा ई-चुरोट रोगको केस थप दुई गुणाले बढेको थियो। गत वर्ष अमेरिकी सीडीसीका प्रमुखले सार्वजनिक रूपमा स्वीकार गर्नुभयो कि कुनै फ्लूबाट मृत्यु भएका भनिएका मानिसहरूको कोभिड-१९ भाइरस परीक्षणको सकारात्मक नतिजा देखिएको थियो। अमेरिकाले ती सबै केसको परीक्षण गर्नुपर्छ र कति संक्रमित केस रहेको छ भन्ने देखाउनुपर्छ। सन् २०१९ मा फोर्ट डेट्रिकमा भयंकर दुर्घटना भएपछि बन्द गरिएको थियो। त्यसपछि अमेरिकामा कोभिड-१९सँग बराबर रोग देखिएको थियो। ती विषयबारे अमेरिकाले हालसम्म पनि अन्तर्राष्ट्रिय समूह र अमेरिका सर्वसाधारणलाई व्याख्या गरेको छैन। सन् २०१९ को सेप्टेम्बरमा अमेरिकाले ३०० भन्दा बढी खेलाडीलाई वुहान सैन्य खेलकुदमा संलग्न गराएको थियो, तिनीहरूमध्ये केहीमा कोभिड-१९ जस्तै लक्षण देखिएको छ कि छैन? रिपोर्ट गरिएका ती अमेरिकी सैनिकहरूलाई के रोग लागेको थियो? ती सबै कुरा अमेरिकाले तत्काल सार्वजनिक गर्नुपर्छ।

अमेरिकाको “कालो हात” ले महामारी नियन्त्रण क्रममा विश्वको पाइला रोकेको छ तर भाइरस स्रोतको खोजी काममा अमेरिकाले हेरफेर गरेबाट भाइरस स्रोतको तथ्य हालसम्म भेटाएको छैन। अमेरिकाले आफ्नो “कालो हात” लाई फर्काएर वैज्ञानिक रूपमा महामारी नियन्त्रण गरी जन जीवनलाई सामान्य पार्नसक्ने हाम्रो आशा छ।