चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङबाट कोभिड-१९ खोप सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको पहिलो बैठकलाई लिखित सम्बोधन पठाएको
2021-08-05 20:52:02cri
Share with:

५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोभिड-१९ खोप सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको पहिलो बैठकलाई लिखित सम्बोधन पठाएको छ।

राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘यसै मे महिना विश्व स्वास्थ्य शिखर सम्मेलमा विश्व महामारी विरूद्धलाई समर्थन गर्ने पाँच चिनियाँ कदम  घोषणा गरेको थिएँ। त्यसमा कोभिड-१९ खोप सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको स्थापना गरेर खोपको अनुसन्धान तथा विकास गर्ने देश, व्यवसाय तथा सम्बन्धित पक्षहरूले सँगसँगै विश्वव्यापी खोपको निष्पक्ष र उचित वितरणबारे छलफल गर्ने प्रस्ताव छ। वर्तमान महामारी उतार-चढाव हुनुका साथै भाइरसको बारम्बार उत्परिवर्तित भइरहेको छ। यो मञ्चले विश्वव्यापी रूपमा खोपको निष्पक्ष वितरणका लागि नयाँ पाइला चाल्ने, विकासोन्मुख देशको एकीकृत सहयोग गर्न नयाँ शक्ति थप्ने र मानवजातिले छिटै महामारीलाई जित्नमा नयाँ योगदान गर्ने प्रतिक्षामा रहेको छु।

उहाँका अनुसार, चीनले सधैं नै मानवजातिको स्वास्थ्य समुदायको अवधारणा लिएर विश्व, विशेष गरी व्यापक विकासोन्मुख देशलाई खोप प्रदान गर्नुका साथै उत्पादनमा सक्रिय रूपमा सहयोग गर्दछ। खोप विश्वको सार्वजनिक उत्पादनको रूपमा यो आवश्यक हो। महामारीको सामना गर्न  चीनले सक्दो प्रयासमा विकासोन्मुख देशलाई निरन्तर सहयोग दिनेछ। चालू वर्ष चीनले विश्वलाई २ अर्ब डोजको खोप दिनेछ। विकासोन्मुख देशमा खोपको वितरणका लागि चीनले “कोभिड-१९ खोपको व्यवहारिक योजना”लाई १० करोड अमरिकी डलर दान दिनेछ।  चीनले अन्तर्राष्ट्रिय जगतसँगै खोपको अन्तर्राष्ट्रिय सहकार्य प्रक्रिया र मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाउने इच्छा चीनले राखेको छ।