इजिप्टमा ऊशु सिकाउने चिनियाँ युवा
2021-08-06 09:21:43cr
Share with:

इजिप्टमा ऊशु सिकाउने चिनियाँ युवा_fororder___172.100.100.3_temp_16_1_16_1_1_02cad044-672f-41bc-83a2-59bf3d7bb2c1.JPG

 

काइरो चिनियाँ सांस्कृतिक केन्द्र चीनले मध्य-पूर्व र अरब मुलुकहरूमा स्थापना गरेको पहिलो सांस्कृतिक केन्द्र हो। चालु वर्ष ३१ वर्षीय मा हुँऊ त्यहाँ चीन-इजिप्ट ऊशु परियोजनाका जिम्मेवार व्यक्ति र ऊशु शिक्षक हुनुहुन्छ। सन् २०१५ मा उहाँ इजिप्टको राजधानी काइरो जानुभयो। काइरोमा काम गरेको पाँच वर्षयता उहाँ चीन र इजिप्टको ऊशु आदान-प्रदान र सहकार्यको पेटी र पुल बन्नुभएको छ।

मा हुँऊ चीनको उत्तर-पश्चिम नर्मल विश्वविद्यालयका ऊशु शिक्षक हुनुहुन्छ। काइरो चीन सांस्कृतिक केन्द्रमा उहाँको काम चीन-इजिप्ट ऊशु सहकार्य परियोजना जिम्मा लिनु र ऊशुको तालिम दिनु हो। उहाँको विचारमा इजिप्टका व्यक्तिहरूलाई आकर्षित गर्न फरक उमेरका व्यक्तिको विशेषता र मागबमोजिम फरक काम गर्नुपर्छ। उहाँ भन्नुहुन्छ “इजिप्टका युवायुवती वा विद्यार्थी समाजमा प्रवेश नभएका व्यक्ति हुन्। उनीहरूले फेसबुकआदि पश्चिमी सामाजिक सञ्जालमार्फत चीनबारे जानकारी लिएका छन्। त्यसैले पहिलो चरणमा मैले उनीहरूसँग कुराकानी गरेँ, विस्तारै विस्तारै चीनबारे जानकारी दिएँ। जस्तै भनौँ चीनको चलचित्र, टेलिभिजन, डिजिटल संस्कृति, चीनको कुङफु, चिनियाँ गीत आदि।”

इजिप्टका बृद्धबृद्धाबारे मा हुँऊको अर्को विशेष प्रशिक्षण उपाय छ। उहाँ भन्नुहुन्छ “इजिप्टका बृद्ध पुस्ताका व्यक्तिहरूको विचार रुढीवादी छ। उनीहरूले चिनियाँ खाना, स्वास्थ्य, चित्रलिपिप्रति चासो लिन्छन्। त्यसैले हामीले स्वास्थ्यको हेरचाहसम्बन्धी कक्षा खोलेका छौँ। जस्तै थाइ ची छ्विआन, चिनियाँ परम्परागत चिकित्सा आदि।”

सन् २०२० को शुरुमा इजिप्टमा कोरोना भाइरस महामारी भएको थियो। काइरो चीन सांस्कृतिक केन्द्रका सबै अफलाइन कार्यक्रमहरू र दुई मुलुकको पारस्परिक भ्रमण निर्धारित समयमा आयोजना भएनन्। त्यसै उनीहरूले अनलाइनमा कक्षा, प्रदर्शनी, गोष्ठी, प्रतियोगिताआदि कार्यक्रमहरूको आयोजना गरे। मा हुँऊ भन्नुहुन्छ “हामीले अनलाइनमा “इजिप्टको थाइ ची छ्विआन प्रतियोगिता”को आयोजना गरेका छौं। इजिप्टमा इन्टर्नेट खेलकुद प्रतियोगिताको आयोजना भएको यो पहिलो पटक थियो। उक्त प्रतियोगिताले चीन, सिरिया, अमेरिका, इजिप्टका थाइ ची छ्विआन प्रेमीहरूलाई सहभागी हुन आकर्षित गरेको छ। उक्त प्रतियोगिता निकै सफल भयो।”