अमेरिकाले थाइवानलाई हतियारको बिक्री गरेमा कडा विरोध गरिने
2021-08-06 16:56:55CRI
Share with:

अमेरिकाले थाइवानलाई हतियारको बिक्री गरेमा कडा विरोध गरिने_fororder_对台军售1

४ तारिख अमेरिकी रक्षा मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, अमेरिकी विदेशमन्त्रालयले चिनियाँ थाइवानका लागि ७५ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री योजनाको पारित गरेको छ। यो वर्तमान अमेरिका सरकार सत्तारूढ भएपछि थाइवानका लागि पहिलो पटक हतियार बिक्रीको निर्णय हो। जसले चीनको आन्तरिक मामिलामाथि गम्भीर रूपमा हस्तक्षेप गरेको छ भने चीनको सार्वभौमिकता तथा संरक्षित फाइदामा क्षति पुर्याएको छ। अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम उल्लंघन गरेको छ र एक चीनको नीति तथा चीन-अमेरिकाबीच हस्ताक्षरित तीन संयुक्त बुलेटिन, विशेष गरी “अगष्ट १७” बुलेटिनको गम्भीर उल्लंघन गरेको छ। चीनले त्यसको कडा विरोध गर्नुका साथै मामिलाको विकास बमोजिम उचित तथा आवश्यक जवाफी कदम चाल्नेछ।

चीन-अमेरिकाबीच तीन संयुक्त बुलेटिन अनुसार, अमेरिकाले विश्वमा एक चीन र थाइवान चीनको एक भाग भएको स्वीकार गरेको छ। जनगणतन्त्र चीन सरकार नै चीनको एउटा मात्रै वैधानिक सरकार हो। अमेरिकाले थाइवानका लागि हतियार बिक्रीलाई क्रमशःकम पारेर अन्त्यमा समाप्त हुने वाचा गरेको छ। तर अमेरिकाले धेरैपटक बुलेटिनको उल्लंघन गरेर कथित “थाइवानसँग सम्बन्धित कानून”लगायत अमेरिकी कानूनमार्फत् थाइवानका लागि हतियार बिक्री गरेको छ।  जसले “थाइवानको स्वतन्त्रता” पृथकतवादी शक्तिले गलत सूचना पठाएर थाइवान जल-डमरूको शान्ति तथा स्थिरता भंग गर्नुका साथै चीन र अमेरिकाको सम्बन्धमाथि पनि गम्भीर क्षति पुर्याएको छ।

अमेरिकाले थाइवानलाई हतियारको बिक्री गरेमा कडा विरोध गरिने_fororder_对台军售2

चालू वर्ष वर्तमान सरकार नियुक्त भएपछि पहिलेका गलत गतिविधि सच्याएको नभई अझ बढी यस्तै कृत्यहरू गरिरहेको छ। अमेरिकी सैन्य विमान तीनपटक थाइवानमा अवतरण गरेको, चालू वर्ष अमेरिकी जहाजले सातपटक थाइवान जलडमरू पार गरेको, र यसपटक हतियारको बिक्री पारित गरेको जस्ता गतिविधिहरूले थाइवानको परिस्थितिलाई अझ चर्को पारेका छन्।

थाइवान चीनको अविच्छिन्न भूभाग हो। थाइवान मामिलामा अमेरिकाले चीनको कडा चेतावनीको सामना गर्नुपर्नेछ। चीन एकीकरण हुनुपर्छ र अवश्य नै हुनेछ। यो कुनै व्यक्ति वा शक्तिले रोक्न नसक्ने ऐतिहासिक प्रक्रिया हो।

अमेरिकाले एक चीन नीतिको पालना गरेर थाइवानका लागि हतियारको बिक्री र सैन्य सम्पर्क रोक्नुका साथै हतियार बिक्री योजना पनि तुरून्तै हटाउनुपर्छ। "ताइवान स्वतन्त्रता"  पृथकताको दुष्प्रयासलाई समर्थन दिने कुनै खतरनाक कदमले अनिवार्य भारी मूल्य चुकाउनुपर्नेछ!