चीनमाथि हिलो छ्याप्न अमेरिकामा उपन्यास रचिँदै
2021-08-06 20:57:05CRI
Share with:

चीनमाथि हिलो छ्याप्न अमेरिकामा उपन्यास रचिँदै_fororder_虚构小说2

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनामा गुप्तचर विभागलाई कोभिड-१९को उद्गम खोज्नका लागि आदेश दिनुभयो। उक्त आदेशअनुसार आधा महिनापछि खुफिया विभागले कथित छानवीन प्रतिवेदन पेश गर्नुपर्छ। त्यसैले हाल अमेरिकी सञ्चार माध्यम, राजनीतिज्ञ, खुफिया विभागलगायत विविध पक्ष चीनमाथि हिलो छ्याप्न व्यस्त भएका छन्।

५ तारिख सीएनएनले अमेरिकी खुफिया विभागले एउटा जीन डाटाबेस खोजेकोबारेको विशेष रिपोर्ट प्रकाशित गरेको छ। त्यसमा वुहान भाइरस प्रयोगशालाको जीन डाटा समेटिएको छ। यदि त्यसको रहस्योद्घाटन गरेमा कोभिड-१९को उद्गम खोज्ने केन्द्रिय विषय हुनेछ। तर जानकारी अनुसार, अमेरिकी खुफिया विभागले कसरी र कहिले उक्त सूचना पाएको स्पष्ट छैन।

चीनमाथि हिलो छ्याप्न अमेरिकामा उपन्यास रचिँदै_fororder_虚构小说1

कुनै प्रमाण विहीन प्रचारप्रसार यो अमेरिका-पश्चिमा सञ्चारमाध्यमले चीनमाथि दोष लगाउने पुरानो तरिका हो। उदाहरणका लागि “वाल स्ट्रीट जर्नल”ले मेमा लेख प्रकाशित गरेर कुनै प्रमाण नभएको अवस्थामा वुहान भाइरस प्रयोगशालाका तीनजना कर्मचारीलाई सन् २०१९ नोभेम्बरमा रोग लागेको कथा बनायो।

अमेरिकी प्रतिनिधि सभाका सांसद म्याकलबाट २ तारिख प्रकाशित कथित “कोभिड-१९ उद्गम खोजी प्रतिवेदन”ले करिब ८० पानामार्फत् वुहान प्रयोगशालाबाट चुहावट उल्लेख गरेको छ। रूसी विज्ञान एकेडेमीका शिक्षाविद् एवम् राज्य ड्यूमाका सांसद गेन्नाडी ओनिशचेन्कोले उक्त प्रतिवेदनमा प्राथमिक तथ्यांकको अभाव तथा कानूनी वैधताविहीन भएर काल्पनिक उपन्यास मात्र भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी राजनीतिक विश्लेषक अन्द्रु क्रिब्कोले रिपब्लिकन पार्टीको उक्त प्रतिवेदनले चीनमाथि हिलो छ्यापेर भाइरसको उद्गम खोजीलाई राजनीतिकरणमार्फत् आगामी वर्षको मध्यावधि चुनावमा अझ बढी  समर्थन पाउने टिप्पणी गर्नुभएको छ।

यसका साथै अमेरिकामा संक्रमितको संख्या ३ करोड ५३ लाख १० हजार हुनुका साथै ६ लाख १४ हजारको मृत्यु भयो। दुवै विश्वको पहिलो स्थानमा परेका छन्।

चीनमाथि हिलो छ्याप्न अमेरिकामा उपन्यास रचिँदै_fororder_虚构小说3

यसैबीचमा चीनले ५ तारिखमै चालू वर्ष विश्वलाई २ अर्ब डोज खोप दिने र विकासोन्मुख देशमा खोपको वितरणका लागि कोभ्याक्सलाई १० करोड डलर दान दिने घोषणा गरेको छ।

राजनीतिक हेरफेर गर्न मन पराउने अमेरिकीहरूले चिनियाँहरूजस्तै अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्छन् कि? उपन्यास बनाएर मात्रै अमेरिका र विश्वको उपचार गर्न सकिँदैन।