#समाचार सन्दर्भ# जिम्मेवारीवोध र राजनीतिक हेरफेर
2021-08-07 19:37:31CRI
Share with:

#समाचार सन्दर्भ# जिम्मेवारीवोध र राजनीतिक हेरफेर_fororder_疫苗1

अगस्ट ६ तारिखदेखि नेपालमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज पाएका छन् र यो खोप चीनबाट आएको हो। नेपाली मिडियाले "चीनबाट प्रदान गरिएको खोपका कारण महामारीमा नेपालको खोप लगाउने काम सामान्य रुपमा अगाडि बढ्न सकेको छ" भन्ने टिप्पणी गरेका छन्।

नेपालमा दोस्रो डोजको खोप लगाउनु ठीक एक दिन अघि, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोभिड-१९ खोप सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चको पहिलो बैठकलाई लिखित सम्बोधन पठाउँदै चालू वर्ष चीनले विश्वलाई २ अर्ब डोजको खोप दिने घोषणा गर्नुभएको थियो। विकासोन्मुख देशमा खोपको वितरणका लागि चीनले “कोभिड-१९ खोपको व्यवहारिक योजना”लाई १० करोड अमरिकी डलर दान दिनेछ।

#समाचार सन्दर्भ# जिम्मेवारीवोध र राजनीतिक हेरफेर_fororder_20210802070939632592464

कोभिड-१९ महामारी फैलिएदेखि, चीनले मानवजाति भाग्य समुदायको अवधारणा  लिएर व्यावहारिक कार्यद्वारा खोपलाई सार्वजनिक उत्पादन बनाउने वाचा कार्यान्वयन  गरी अन्तर्राष्ट्रिय खोप सहकार्य तथा सहायतामा आफ्नो जिम्मेवारी पूरा गर्दैआएको छ।

हालसम्म, चीनले विदेशतर्फ करिब ७५ करोड डोज खोप प्रदान गरेर बाहिरी सबैभन्दा बढी खोप उपलब्ध गराउने देश बनेको छ। जसले विश्वव्यापी खोपको निष्पक्ष र उचित वितरणका लागि महत्वपूर्ण योगदान गरेको छ।

यद्यपि वर्तमान महामारीमा उतार-चढाव आउनुका साथै भाइरस बारम्बार उत्परिवर्तित भएको केन्द्रिय अवस्थामा ब्लूमबर्गबाट मूल्या्कन गरिएको महामारी प्रतिरोधी संसारको पहिलो स्थानमा पर्ने अमेरिका के गरिरहेको छ?

#समाचार सन्दर्भ# जिम्मेवारीवोध र राजनीतिक हेरफेर_fororder_疫苗3

अमेरिकाले एकातिर भाइरस उद्गम खोजीमार्फत् चीनको बदनाम गर्दै विश्व स्वास्थ्य संगठनसमक्ष चीनलाई दोषी करार गर्न दिइरहेको छ भने अर्कातिर विविध तरिकाको प्रयोग गर्दै आफूलाई विश्वमा महामारी प्रतिरोधी नेतृत्वको पद दिन खोजिरहेको छ। अगष्ट ३ तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले जनाउनुभयो कि अमेरिकाले विदेशलाई खोपको १० करोड डोज पठाइसकेको छ र अमेरिकाले चन्दा स्वरूप दिएको खोप ‘रूस तथा चीन लगायतका मुलुकको कूल संख्या भन्दा बढी’ छ। सोही दिन ह्वाइट हाउसले एक वक्तव्य प्रकाशित गर्दै अमेरिकाले आफ्नो खोप दिँदा अन्य मुलुकबाट कुनै फाइदा नपाएको सार्वजनिक गर्यो। तर अमेरिकी भनाइ विपरीत कुरा के हो भने फिलिपिन्सका राष्ट्रपतिले अगष्ट २ तारिख जनाउनुभयो कि फिलिपिन्स र अमेरिकाबीचको ‘भ्रमण फौज सन्धि’मा हस्ताक्षर गर्ने अन्तिम निर्णय गरियो जुन अमेरिकाले चन्दा स्वरूप दिएको ३० लाख डोज खोप पाउनको लागि थियो।

यसो हेर्दा, अमेरिकाले अनुदान गरेको खोपको लागि पैसाको आवश्यकता नभए तापनि राजनैतिक शर्तसहित साटिनुपर्दो रहेछ।

यता चीनले व्यवहारिक कार्वाही चलाएर आफ्नो वचनको कार्यान्वयन गरिरहेको छ भने उता अमेरिकाले आफूलाई राम्रो बनाउँदै अरूमाथि हिलो छ्यापेर विविध राजनैतिक हेरफेर गरिरहेको छ। दुवै मुलुक विश्वमा ठूला मुलुक भए तापनि बीचमा रहेको अन्तर यति फराकिलो देखिन्छ।