सिङ्गापुर स्थापनाको ५६औँ वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सिङ्गापुरका राष्ट्रपतिलाई बधाई सन्देश #चिनियाँराष्ट्राध्यक्ष
2021-08-09 10:44:50CRI
Share with:

अगष्ट ९ तारिख गणतन्त्र सिङ्गापुर स्थापना भएको ५६औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सिङ्गापुरका राष्ट्रपति हालिमाह याकोबलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले सिङ्गापुर स्थापना भएको ५६ वर्षयता सिङ्गापुरका जनताको प्रयास र नवीन सिर्जनामा राष्ट्र निर्माण, आर्थिक विकास र सामाजिक कार्यलगायतका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको भन्दै कोभिड-१९ महामारीको सामना गर्न चीन र सिङ्गापुरले मिलेर उच्च स्तरीय सहयोग गरेबाट दुई देशबीचको अग्रगामी, रणनीतिक र अनुकरणीय सम्बन्ध देखिएको उल्लेख गर्नुभएको छ। आफूले चीन-सिङ्गापुर सम्बन्धमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति हालिमाहसँग मिलेर दुई देशको सम्बन्धलाई उकासेर दुई देश तथा दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताउनुभयो।

साथै चीनका प्रधानमन्त्री ली खछ्याङ र परराष्ट्रमन्त्री वाङ यीले पनि छुट्टाछुट्टै रूपमा सिङ्गापुरका प्रधानमन्त्री ली सेनलून र परराष्ट्रमन्त्री विवियन बालाक्रिश्नानलाई बधाई सन्देश पठाउनुभएको छ।