“सबभन्दा ठूलो चुनौतीसहित ओलम्पिक” पछि “अझ एकताबद्ध” हुने कुरामा मतैक्य
2021-08-10 18:13:46cri
Share with:

“सबभन्दा ठूलो चुनौतीसहित ओलम्पिक” पछि “अझ एकताबद्ध” हुने कुरामा मतैक्य_fororder_QQ图片20210810162122

“सबभन्दा ठूलो चुनौतीसहित ओलम्पिक” पछि “अझ एकताबद्ध” हुने कुरामा मतैक्य_fororder_QQ图片20210810162119

३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद अगष्ट ८ तारिख राति जापानको टोकियोमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक परिषदका अध्यक्ष थोमस बाहले यो प्रतिस्पर्धा सबभन्दा ठूलो चुनौती सहित अभूतपूर्व रुपमा सम्पन्न भएकाले पुरै विश्वका जनतालाई भविष्यको विश्वास ल्याइदिएको बताउनु भएको छ।

अध्यक्ष बाहले भन्नुभए जस्तै नयाँ कोरोना महामारीको असर परेकाले यस ओलम्पिकलाई बाध्य भएर १ वर्षपछि सारिको थियो र खाली मैदानको अवस्थामा आयोजना गरिएको हो। साथै ओलम्पिक आदर्श वाक्यमा “अझ एकताबद्ध” हुने शब्द थपिएपछि आयोजना गरिएको पहिलो ओलम्पिक पनि हो। यसै कारण यो ओलम्पिकले विश्वलाई अधिकांश आश्चर्य र सोच विचार छाडेको छ।

सँगै मिलेर सहभागी हुने, मूल्यका लागि सहभागी हुने र इज्जतका लागि प्रतिस्पर्धा गर्ने भन्ने विषय अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रले अपिल गरेको नियम नै हो। १६ दिनसम्मको ओलम्पिक खेलकुद सम्पन्न भए तापनि  “अझ एकताबद्ध” हुने कुराबाट ओलम्पिक भावनाको अझ ठूलो शक्ति उत्पन्न हुनेछ। मानिसहरूले के बुझेका छन् भने खेलकुद प्रतिस्पर्धा होस् वा सामाजिक विकासको क्रममा कठिनाइलाई पराजित गर्न र भविष्यको बिजय प्राप्त गर्नका लागि हामी एउटै अविच्छिन्न समुदाय हौं भन्ने कुरा याद गर्नुपर्छ।