#अल्पसंख्यक जाति# सगारमाथाको आरोहण कथा-1
2021-08-10 10:06:40cri
Share with:

#अल्पसंख्यक जाति# सगारमाथाको आरोहण कथा-1_fororder_1111

 

 आजको कथा विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहडामा “दोस्रो चरण” भनिएको ठाउँबाट सुरू हुन्छ। तत्कालीन सन् १९६० मे २४ तारिख दिउँसो चार बजेतिरको समय थियो। चिनियाँ पर्वतारोहण टोलीका चार सदस्य वाङ फुचौ, कुङबु, छ्यु यिनह्वा र लिउ ल्यानमान एउटा ठाडो चट्टानमुनि धेरै घण्टाको अवरोधमा फसेका थिए। ७ डिग्री  हावामा चार जनाले चट्टानमुनि ज्यादै सानो ढलानमा जम्मा भएर दिन काटेका थिए।

त्यसअघिका चार घण्टामा उनीहरूले धेरैपटक उक्त चट्टान पार गर्न प्रयास गरे। तर उनीहरूको सबै प्रयास असफल भयो। उक्त चट्टान लगभग पाँच मिटर अग्लो छ। त्यसमा कुनै समात्ने ठाउँ छैन। यद्यपि समथरभूमिमा पनि आरोहण गर्न गाह्रो छ। ८६०० मिटरको पठारभूमिमा हरेक पाइला चालेर धेरैपटक गहिरो श्वास-प्रश्वास गर्नुपर्यो। भारी जाडो प्रतिरोधी कपडा र उपकरण जोडेर उक्त चट्टानमा आरोहण गर्न आकाश पुग्नुजस्तै गाह्रो थियो।