“अधिकारको खेल”बाट अमेरिकामा मानवतावादी प्रकोपमा वृद्धि
2021-08-11 19:43:27cri
Share with:

“अधिकारको खेल”बाट अमेरिकामा मानवतावादी प्रकोपमा वृद्धि_fororder_IMG_3371(20210811-194247).JPG

ब्लूमबर्ग न्यूजले हालै अमेरिकालाई “कोरोना महामारीको प्रतिरोधका लागि अमेरिका पहिलो स्थानमा” राखेको छ। यस्तो वाहियात कुरालाई लक्षित गर्दै चीनका तीनटा प्रसिद्ध थिङ्क ट्याङ्कले अगष्ट ९ तारिख पैचिङमा “अमेरिका पहिलो स्थानमा रहेको छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा प्रतिवेदन जारी गरेका छन्। सो प्रतिबेदनमा निष्ठापूर्वक अनुसन्धान, विस्तृत तथ्याङ्क र निष्पक्ष अडानमार्फत अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता देखाएको छ। जसबाट“कोरोना महामारीको प्रतिरोधका लागि अमेरिका पहिलो स्थानमा” रहेको झुटको पर्दाफास गर्नुका साथै निर्दोष अमेरिकी जनताले कसरी “अधिकारको खेल”मा बलिदान दिएका छन् भन्ने कुरा पनि प्रष्ट्याइएको छ।

आजसम्म अमेरिकामा कोरोना संक्रमितहरुको संख्या ३ करोड ५० लाख नाघेको छ भने ६ लाख १० हजार भन्दा बढीको मृत्यु भएको छ। संक्रमण र मृत्युका हिसाबले अमेरिका विश्वको पहिलो स्थानमा रहेको छ। अमेरिकी सरुवा रोगका विशेषज्ञ, रोगको नियन्त्रण र निवारण केन्द्रका पूर्व जिम्मेवार व्यक्ति विल्यम फोर्गले “यो एउटा हत्या हो” भनेर दाबी गर्नुभएको छ।

कोलम्बिया विश्वविद्यालयको रोग अनुसन्धानकर्ताको विश्लेषण अनुसार, यदि अमेरिकी सरकारले सन् २०२० को मार्च १३ तारिख सार्वजनिक गरेको महामारीको प्रतिरोध सम्बन्धी कदम दुई हप्ताअघि सार्वजनिक गरेको भए सन् २०२० को मे ३ तारिखसम्म अमेरिकाका ५४ हजार व्यक्तिको ज्यान बचाउन सकिने थियो। तथापि राजनीतिक विवादको कारण धेरै सर्वसाधारणले ज्यान गुमाएका छन्।

गम्भिर मानवतावादी प्रकोप अहिले पनि अमेरिकामा फैलिरहेको छ। स्थानीय समय अगष्ट ९ तारिखसम्म अमेरिकामा कोरोना संक्रमितहरुको संख्या निरन्तर तीन दिनसम्म १ लाख भन्दा बढी पुगेको छ, जुन विगत एक सातामा ३५ प्रतिशत बढी छ। तथापि यस्तो अवस्थामा अमेरिकाका दुई पार्टी बीचको युद्ध पनि स्थगित भएको छैन। अमेरिका विश्वमा महामारीको प्रतिरोध गर्ने पहिलो असफल मुलुक हो, राजनीतिमा अलग नीति अपनाउने पहिलो मुलुक पनि हो।