“छ्येन च्यु हौ कुंग” भन्ने कथा-2
2021-08-11 16:32:57cri
Share with:

“छ्येन च्यु हौ कुंग” भन्ने कथा-2_fororder_01

 

श्री सु छिनले धेरै पटकसम्म ती सातवटा मुलुकहरुको परिस्थितिका बारेमा अनुसन्धान गर्नुभयो। उहाँले “ह चुंग” नामको धारणाका आधारमा छिन मुलुकको सामना गर्नु उपयोगी भएको ठहर लिनुभयो। त्यसैले उहाँले यस बारेमा येन मुलुक, चाउ मुलुकलाई सम्झाउनुभयो। त्यसपछि उहाँले छु मुलुकको नेतृत्वमा ती छवटा मुलुकहरुको गठबन्धन तयार पार्नुभयो। श्री सु छिनले ती छवटा मुलुकको संयुक्त सेनाका प्रमुखको पद आफै सम्हाल्नु भयो। त्यस गठबन्धनका बारेमा थाहा पाएपछि ती छवटा मुलुकहरुमध्येको कुनै एकमाथि पनि आक्रमण गर्ने आँट छिन मुलुकमा थिएन। चीनका पहिला सम्राट छिन शले चीनको एकीकरण गरुञ्जेल पन्ध्र वर्षसम्म त्यस्तो अवस्था जारी रहेको थियो।

श्री सु छिन छ मुलुकको संयुक्त सेनाका प्रमुख भएको हुनाले छ मुलुकमा उहाँको स्थान निकै उच्च थियो। एक पटक उहाँ आफ्नो जन्मस्थल लो यांग जानुभयो। त्यसभन्दा अघि उहाँले स्थानीय पदाधिकारीहरुलाई सडक सफा गर्ने आदेश दिनुभयो। श्री सु छिनका आमा-बाबुले पनि सडकमा उहाँको स्वागत गरेका थिए। घर फर्केपछि उहाँकी श्रीमतीले उहाँलाई हेर्ने आँट गरिनन। उहाँकी भाउजू पनि उहाँको धेरै सम्मान गर्नथालिन। श्री सु छिनले हाँस्दै सोध्नुभयो: तपाईंको दृष्टिमा घरमा किन यति ठूलो परिवर्तन भएको? उहाँकी भाउजूले जवाफ दिइन: अहिले तपाईं ठूलो मान्छे भएको हुनाले मैले तपाईंसँग पहिलेजस्तो व्यवहार गर्नु हुँदैन। श्री सु छिनले भन्नुभयो: मान्छे विपन्न हुँदा आफ्नै आमा-बाबु पनि उसलाई हेला गर्छन। उ धनी भएपछि आफ्नो परीवारका मानिसहरु पनि उदेखि डराउँछन। यस्तो किन त भन्दा मानिसहरुले पद र सम्पत्तिलाई धेरै महत्व दिनु हो।

यसै प्रसङ्गका आधारमा अहिले यो उखान “छ्येन च्यु हौ कुंग” अस्तित्वमा आएको हो जसको अर्थ पहिले वास्ता नगर्नु, पछि उसको सम्मान गर्नु हो।