विज्ञान र सामान्य ज्ञान विरुद्ध अमेरिकाद्वारा महामारी प्रतिरोधमा ठूलो क्षति
2021-08-11 20:49:00cri
Share with:

विज्ञान र सामान्य ज्ञान विरुद्ध अमेरिकाद्वारा महामारी प्रतिरोधमा ठूलो क्षति_fororder_IMG_3372(20210811-204801).JPG

“केहीले महामारीको प्रतिरोधलाई युद्ध जस्तै मानेका छन्, हाम्रा शत्रु विज्ञानको सट्टामा भाइरस हो।” अमेरिकी चिकित्सा संघका पूर्व अध्यक्ष पाट्रिस हारिसले गत वर्ष उक्त चेतावनी दिनुभएको हो। तर दुर्भाग्यवश कुरा के हो भने अहिले यस्तो बुद्धिमान विचार अमेरिकी समाजको मुख्य विचार बनेको छैन। राजनीतिक स्वार्थ र पार्टी बीचको विवाद लगायत कुराको आधारमा वाशिन्टनका केही राजनीतिज्ञहरुले कोरोना महामारीका सामु विज्ञान र सामान्य ज्ञानको विरोध गरेका छन्, जसबाट अमेरिकी समाजमा ठूलो क्षति भएको छ।

चीनका तीनटा प्रसिद्ध थिङ्क ट्याङ्कले हालै “अमेरिका पहिलो स्थानमा रहेको छ की? अमेरिकाले महामारीको प्रतिरोध गर्ने सत्यता” शीर्षकमा प्रतिवेदन जारी गरेका छन्। सो प्रतिबेदनमा महामारीको प्रतिरोध, सम्बन्धित नीति र कदम तथा उद्गमको सर्वेक्षण लगायत क्षेत्रमा अमेरिकी सरकारले विज्ञान र सामान्य ज्ञानको विरोध गरी गल्ती गरेको कुरा उल्लेख गरिएको छ।

कोरोना महामारी देखा परेको पहिलो समयमा चीन र विश्व स्वास्थ्य संगठनले चेतावनी दिएका थिए। तथापि ह्वाइट हाउसका नेताले त्यसलाई वेवास्ता गरेका थिए, जसबाट महामारीको प्रतिरोधमा विज्ञानबारे नसोच्ने ठूलो गल्ती भएको थियो।

अमेरिकाको आमनिर्वाचनको बेलामा महामारी देखा परेको कारण अमेरिकाका दुईटा पार्टीले महामारीलाई आपसी आक्रमण र निर्वाचन मत प्राप्त गर्ने साधन बनाएका थिए, जसबाट ठूलो हदमा अमेरिकी समाजको पागलपनको भावनालाई अघि बढाइएको थियो।

यसभन्दा अरु गम्भिर कुरा के हो भने केही अमेरिकी राजनीतिज्ञहरुले भाइरसको उद्गम खोजीलाई राजनीतिकरण गरेका छन्। उनीहरुले अरु देशमाथि हिलो छ्यापेर आफूलाई सफा पार्न खोजेका छन्।

विश्वको एउटै मात्रै महाशक्ति मुलुकको रुपमा अमेरिका अरु देशमाथि हिलो छाप्ने पहिलो मुलुक हो, झुटो समाचार सम्प्रेषण गर्ने पहिलो मुलुक हो र आतंकवादी गतिबिधि सम्बन्धी पहिलो मुलुक बनेको छ।