लिथुनियाले चीनको रातो लाइन छोएकाले तत्काल आफ्नो गल्तीलाई सच्याउनुपर्ने
2021-08-11 19:40:06cri
Share with:

लिथुनियाले चीनको रातो लाइन छोएकाले तत्काल आफ्नो गल्तीलाई सच्याउनुपर्ने_fororder_QQ图片20210811173708

लिथुनियाले चीन-लिथुनिया दौत्य सम्बन्ध स्थापना विज्ञप्तिको भावना विपरीत थाइवानको नाउँमा तथाकथित प्रतिनिधि कार्यालय खडा गर्न थाइवान सत्ताधारीलाई छुट दिएकाले चीनले अगष्ट १० तारिख लिथुनियाका लागि चिनियाँ राजदूतलाई फिर्ता गर्नुका साथै चीनका लागि लिथुनियाका राजदूतलाई फिर्ता गर्न लिथुनिया सरकारलाई पनि आग्रह गरेको छ। विरलै देखिने कूटनीतिक कारवाईबाट के संकेत दिइएको छ भने कसैले देशको सार्वभौमिकता र भूखण्डको अक्षुण्णताको संरक्षण गर्ने चीनको रातो लाइनलाई छोएको छ भने चीनले त्यसको कडाईका साथ प्रतिरोध गर्नेछ।

लिथुनिया बाल्टिक समुद्रको किनारमा पर्दछ। त्यसको जखसंख्या ३० लाखभन्दा कम छ र कुल क्षेत्रफल ६० हजार वर्गकिलोमिटर रहेको छ। पहिले त्यो गणतन्त्र सोभियत संघको मातहतमा रहेको थियो भने सोभियत संघबाट अलग भएपछि सन् २००४ मा नेटो र युरोपेली संघमा संलग्न भएको थियो। चालु वर्षयता लिथुनियाले लगातार रूपमा थाइवान सत्ताधारीसँग सम्पर्क राख्दै चीन विरोधी उत्तेजित कारवाई चलाउँदै आएको देखिन्छ।

यस्तो पृष्ठभूमिमा चीनले आफ्ना राजदूतलाई स्वदेश फिर्ता गर्ने भन्ने नयाँ चीनको इतिहासमा विरलै देखिने कुटनीतिक कारवाई चलाएको कुरा देशको केन्द्रीय हितको संरक्षण गर्ने आवश्यक र उचित गतिबिधि हुनुका साथै लिथुनिया लगायत षड्यन्त्र बोकेका अन्य मुलुकलाई दिएको गम्भीर चेतावनी पनि हो। धेरै विदेशी सञ्चार माध्यमले त्यस कारवाईबाट चीनको क्रोधता प्रतिबिम्बित गरिएको ठहर गरेका छन्।

चीनले आफ्ना राजदुतलाई स्वदेश फिर्ता गर्ने कुटनीतिक कारवाई पछाडि रहेको निहित अर्थ बुझेर आफ्नो गल्तीलाई सच्याउनुपर्ने हाल लिथुनियाका लागि सबभन्दा महत्वपूर्ण शिक्षा हो।